Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुन्न चुनाव नहुने

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । सामुदायिक विद्यालय व्यवस्थापन समिति गठनमा बढ्दो विसंगति हटाउन सरकारले नयाँ व्यवस्था ल्याएको छ ।   अभिभावकमध्येबाट विद्यालय व्यवस्थापन विव्यस अध्यक्ष छानिदै आएकामा सो व्यवस्था खारेज गरी अभिभावक वडाध्यक्ष, संस्थापक वा चन्दादातामध्येबाट छान्ने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थासंगै अब विव्यस अध्यक्षका लागी चुनाव गर्न पाइँदैन् । समितिमा बसेर रकम तथा अवसर दुरुपयोग गर्ने ध्ययले विगतमा विव्यस अध्यक्षका लागी ठुलै चलखेल हुने गरेको थियो । 

पदाधिकारी चुनावमा पैसा र गुण्डासमेत प्रयोग गर्दा मानवीय क्षति भएका घटना थुप्रै छन् । व्यवस्थापिका संसदले हालै पारित गरेको शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ ले अभिभावक, वडाध्यक्ष संस्थापक वा चन्दादातामध्येबाट अध्यक्ष छान्ने अधिकार विद्यालय व्यवस्थापन समिति सदस्यलाई दिएको छ । 

विगतमा अध्यक्ष पदका लागी उम्मेद्वारी दिएर चुनाव नै हुदै आएको थियो । 

(नागरिक दैनिकमा रुबी रौनियारले समाचार लेखेकी छन् ।)

प्रतिक्रिया