Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

अस्थायी शिक्षकद्धारा परीक्षा दिन पाउनुपर्ने माग 

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । अस्थायी शिक्षकहरुले स्थायी परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै शनिबार विरोध र्याली निकालेका छन् । अस्थायी शिक्षक आन्दोलन समीतिको आयोजनामा भएको उक्त विरोध र्याली शान्तिबाटिकाबाट भद्रकाली, शहिदगेट हुदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । 

र्यालीमा अस्थायी शिक्षकहरुले २०६३ सालको शिक्षा ऐनमा भएका अस्थायी शिक्षकको व्यवस्था कार्यान्वयन गर, सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर, लेखिएका प्लेकार्ड बोकेका थिए । 

आन्दोलन समितीका अध्यक्ष निरेन्द्र कुँवरले वि.स. २०६३ सम्मका अस्थायी शिक्षकलाई परीक्षा दिन लगाउने र सफल हुन नसकेकाकालाई पनि अन्य सरह नै सेवा सुविधा दिने कुरामा अदालतले परमादेश जारी गरेको र त्यसलाई कार्यान्वयन गरिनुपर्ने बताए । 

(हिमालय टाइम्स दैनिकमा प्रकाशित)

प्रतिक्रिया