काठमाडौँ, ३० जेठ । नेपाल विद्यार्थी संघको ११ औँ अधिवेशन आगामी २३ साउनदेखि २५ सम्म काठमाडौमा हुने भएको छ । नेविसंघको जारी केन्द्रीय समितीको बैठकले अधिवेशनको तिथी तय गरेको हो । नौ बर्षदेखि अधिवेशन हुन सकेको छैन् । नेविसंघ अध्यक्ष रञ्जित कर्णले अधिवेशन तिथि तय गरिएको बताए ।
यसैगरी, वर्तमान केन्द्रीय सदस्य अधिवेशनमा पुन केन्द्रीय सदस्य पदमा चुनाव लड्न पाउने की नपाउने भन्ने विषयमा विवाद टुंगो लागेको छैन् ।
अध्यक्ष कर्णले यसबारे पार्टी नेतृत्वलाई आग्रह गरिने बताए । बहालवाला केन्दीय सदस्यले भने संघ अभिवेशनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गर्दै आएका छन् ।
(राजधानी दैनिकमा प्रकाशित)
प्रतिक्रिया