Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अब शक्तिशाली परीक्षा बोर्ड 

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । शिक्षा ऐनमा संशोधन भएपछि ३ हजारभन्दा बढी उमाविको परीक्षा प्रणाली सम्हालिरहेको उच्च माध्यामिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा परिणत हुने भएको छ । शिक्षा मन्त्रालयका अनुसार बोर्ड गठन भएपछि आवश्यक नीति तथा निर्देशिका बनाएर काम अघि बढ्नेछ । बोर्ड सञ्चालनको लागी आवश्यक पदाधिकारी पनि ऐनअनुसार नियुक्त हुनेछन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्सालका अनुसार अब देशभरका ८ वटा क्षेत्रीय कार्यालयमा कार्यरत परिषदका स्थायी कर्मचारी स्वतःबोर्डका कर्मचारी हुनेछन् ।  संशोधित ऐनमा बोर्डले समग्र परीक्षा प्रणालीका लागी नीतिगत काम गर्ने उल्लेख भएपनि परीक्षा नियन्त्रण कार्यालयको कार्यक्षेत्र के हुने भन्ने उल्लेख छैन् ।  

शिक्षाविद डा. विद्यानाथ कोइराला भने अब गठन हुने बोर्डमा जस्ता व्यक्ति नियुक्त भएपनि विदेशमा विक्ने प्रकारको परीक्षा प्रणाली विकास गर्नुपर्ने बताउँछन् ।

(कारोबार दैनिकमा प्रकाशित)

प्रतिक्रिया