Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

लेटर ग्रेडिङले भर्नामा अन्योल 

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । निराजन संगा्रैलाले भक्तपुर दुवाकोटमा रहेको प्रज्ञा इंग्लिस सेकेन्डरी स्कुलबाट  एसएलसी दिएका छन् । ए प्लस ल्याएर पास हुने उनको इच्छा छ । उनलाई के विषयमा र कस्तो कलेजमा भर्ना हुने समस्या छैन् । 

तर उनीसंगै परीक्षा दिएका तर मध्यम खालको पढाई भएका विद्यार्थीले माथिल्लो तहमा भर्ना पाउने या नपाउने स्पष्ट छैन् ।  ‘मेरो स्कुलमा कम ग्रेड आउने आशा गरेका विद्यार्थीले होटल म्यानेजमेण्ट पढ्ने योजना बनाएका छन् । तर उनीहरुले भर्ना पाउँछन् की पाउँदेनन् ।’ निराजनले भने । 

सरकारले हाल लागु गरेको ग्रेडिङ सिस्टमको बारेमा उनी र उनीजस्ता  हजारौँ विदार्थीलाई राम्रोसंग थाहा छैन् । तर, एउटा कुराचाही निश्चित नै छ अब एसएलसीमा फेल भएको पीडामा कोही विद्यार्थीले आत्महत्या गर्न पाउनेछैन् ।  

ग्रेडिङ सिस्टम लागु भएदेखि नै माथिल्लो तहमा भर्नाबारे विद्यार्थीमात्र होइन सरकारसमेत अन्योलमा छ । केही उच्च मावि र सिटीईभिटीले भने कस्ता विद्यार्थी भर्ना गर्ने भनेर आफने धारणा समेत बनाईसकेका छन् ।  

सरकारले कुन ग्रेड प्राप्त गरेका विद्यार्थीले पढ्न पाउने भन्ने निर्णय नै गरेको छैन् । यसले लाखौँ विद्यार्थी कलेज र अभिभावक अन्योलमा छन् । 

(कारोबार दैनिकमा प्रकाशित)

प्रतिक्रिया