Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थी नहुँदा विद्यालय बन्द 

शनिबार, २९ जेठ २०७३

काठमाडौँ, २९ जेठ । विद्यार्थीको संख्या अपुग भएपछि सखुंवासभामा सामुदायिक विद्यालय बन्द गर्न थालिएको छ । जिल्ला शिक्षा समितीको बैठकले कम विद्यार्थी भएका र दरबन्दी बढी भएका पाचँओटा विद्यालयलाई बन्द गर्ने निर्णय गरेको हो ।

बन्द गरिएको विद्यालयमा जनता प्राथमिक विद्यालय माम्लिङ ७, मगरगाउँ सिंहदेवी प्राथमिक विद्यालय नुम– ४, कालिका प्राथमिक विद्यालय खादँबारी ६, लोकप्रिय प्राथमिक विद्यालय आँखीभुई र सम्माछ्योलिङ तमु भाषा विद्यालय माम्लिङ रहेका छन् ।

गुरुङ जातीको भाषिक विकासका लागी स्थापना गरिएको सम्माछ्योलिङ तमु भाषा विद्यालय समेत विद्यार्थी अभावले बन्द भएको छ । विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० मा २५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय समायोजन गर्न सकिने व्यवस्था  छ। 

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया