Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

प्राथमिक उपचार केन्द्रको सहयोगमा पुस्तकालय 

शनिबार, २९ जेठ २०७३

काठमाडौँ, २९ जेठ । काभ्रेपलाञ्चोकको जनक उमावि परोपकार प्राथमिक उपचार केन्द्रको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन गरिएको छ ।  जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र ‘बिबिसी’ नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले सो पुस्तकालयको उद्घाटन गरेका हुन् ।

सो विद्यालयमा पुस्तकालयका साथै विभिन्न भर्चुअल कक्षाकोठा समेत निर्मित छन् । इजरायलमा रहेका नवराज आचार्य, समाजसेवी विपु लामा लगायतको रु पाँच लाखभन्दा बढी सहयोगमा सो पुस्तकालय बनेको हो ।  

शिक्षा अधिकारी पौडेलले सहयोगी हातका कारण जनक उमावि नमुना विद्यालय बन्न सकेको बताउँदै शिक्षकलाई कक्षाकोठामा पढाउने काममा केन्द्रित हुन आग्रह गरेका थिए ।  पत्रकार मिश्रले विद्यार्थीलाई ठूलोभन्दा पनि असल मान्छे बन्ने प्रयास गर्न आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यालयमा सुधारका लागि अभिभावकले पनि सहयोग गर्नुपर्ने बताए ।  

कार्यक्रममा प्रा डा लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, साहित्यकार छविरमण सिलवाल लगायतले पुस्तकालयका लागि आफ्ना पुस्तकहरु विद्यालयका प्रअ स्थिरप्रसाद लम्साललाई हस्तान्तरण गरेका थिए ।  

(गोरखापत्र दैनिकमा प्रकाशित) 

प्रतिक्रिया