काठमाडौँ, २९ जेठ । अमेरिकन राजदूतावासको कर्मचारी भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर ठेचो गाविस–९ घर हुने २७ बर्षीय सिद्दार्थ कार्कीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।
कार्कीले रुपन्देही घर हुने प्रकाश कार्की लगायत ६ जना विद्यार्थीहरुलाई भूकम्प पीडित कोटामा प्रति व्यक्ति ४ लाखमा अमेरिका पठाउने भन्दै ठगी गरेका थिए। आफू दुतावासको कर्मचारी भएकाले अमेरीका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै उनीहरुलाई प्रलोभनमा पारी प्रकाश कार्कीबाट ७६ हजार ५सय ,मदन पोख्रेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट २ लाख ७८ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए।
पीडितहरु महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाको प्रहरी टोलीले कार्कीलाई काठमाडौँ मुलपानीबाट पक्राउ गरेको थियो।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया