Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

योग दिवस मनाउन शिक्षा मन्त्रालय संयोजक 

शुक्रबार, २८ जेठ २०७३

काठमाडौँ, २८ जेठ । सरकारले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्रालयलाई संयोजकको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले आउँदो २१ जुन (असार ७) मा हुने सो दिवस मनाउन आफूहरुलाई संयोजनको जिम्मेवारी दिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ। संयुक्त राष्ट्र सङ्घको महासभामा २०१४ डिसेम्बर ११ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका प्रस्तावका आधारमा सो दिनलाई योग दिवस घोषणा गरिएको हो। 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया