Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

५८ लाख थान पुस्तक अपुग 

शुक्रबार, २८ जेठ २०७३

काठमाडौँ, २८ जेठ । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र शुरु भएको दुई महिना वित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेको छैन् ।  केन्द्रले चालु शैक्षिक सत्रका लागी विद्यालय तहका पाठ्यपुस्तक छपाई र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ । 

शिक्षा विभागले तोकेको पाचँ र आफैले तोकेको गरी ६ पटक तोकिएको समयमा जनक शिक्षा केन्द्रले पाठ्यपुस्तक छपाई र वितरण गर्न नसकेको हो । पुस्तक छपाई अझै भइरहेका छन् ।  

केन्द्रले चैत्र मशान्तभित्र विद्यालय तहको पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने थियो । चालु शैक्षिक सत्रका लागी कक्षा ६ देखि १० सम्मका लागी एक करोड ७७ लाख थान पुस्तक आवश्यक पर्ने संशोधित छपाई कार्ययोजना केन्द्रले शिक्षा मन्त्रालयमा पेश गरेको थियो । 

तर २० जेठसम्ममा एक करोड १९ लाख मात्र छपाई सकिएको कर्मचारीहरुले बताएका छन् । 

(नयाँपत्रिका दैनिकमा भवानीश्वर गौतमले समाचार लखेको छन्।)

प्रतिक्रिया