Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विदेशमा शिक्षा

आजदेखि भृकुटीमण्डपमा इक्यान मेला सुरु 

विहीबार, २७ जेठ २०७३

काठमाडौँ – विदेश जाने विद्यार्थीलाई परामर्श र सहि सूचना दिने उद्धेश्यले आज देखि शैक्षिक मेला शुरु हुँदै छ । परामर्शदातृ संस्थाहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गर्न लागेको मेला आउँदो सोमबार सम्म चल्ने छ । भृकुटीमण्डपमा हुने दशौँ संस्करणको मेलामा विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेजका प्रतिनिधिले प्रत्यक्ष रुपमै परामर्श दिने ब्यवस्था मिलाईएको इक्यानले जनाएको छ ।

नेपाली विद्यार्थीलाई विदेशी शिक्षा प्रणाली तथा शैक्षिक भविष्यका बारेमा परामर्श दिइने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।  मेलामा यस बर्ष करिब १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । मेलामा २ सय २५ स्टल र २५ वटा पेभिलियन पनि छन् । 

यस पटकको मेलामा विदेश जाने भिसा प्रक्रियाका केही सजिलो भएकोबारे विद्यार्थीलाई विशेष जानकारी र परामर्श दिइने इक्यानले जनाएको छ । पछिल्लो समय अमेरिका, क्यानडा र अष्ट्रेलिया जाने विद्यार्थीको भिसा प्रक्रिया पहिलाको भन्दा केही सहज बनाइएको छ ।

मेलामा विद्यार्थीले विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयको छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा परामर्श लिने गर्छन् । मेलामा चारैदिन रक्तदान कार्यक्रम सञ्चालन गरिने पनि इक्यानले जनाएको छ । 

प्रकाशित मिति २०७३ जेठ २८ गते ।

प्रतिक्रिया