Edukhabar
बुधबार, १२ मंसिर २०८१
अन्तैवाट

अठ्ठाइस विद्यालयलाई शिक्षक दरबन्दी वितरण

मंगलबार, २९ भदौ २०७२

काठमाडौं २९ भदौ / लामो समयदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना निर्माणसँगै विद्यालयमा दरबन्दी मिलाउन प्रक्रिया सुरू गरिएको छ । जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी कटौती गरी बढी भएका विद्यालयमा दरबन्दी थप गर्न सुरू गरेको हो ।

कार्ययोजना कार्यान्वयन गराउने चरणमा विद्यार्थी न्यून भएका २३ वटा प्राथमिक विद्यालयलाई बन्द गरी त्यहाँ कार्यरत शिक्षकलाई नजिकैका निमावि र माविमा खटाइएको छ । तेइस वटा प्राथमिक विद्यालयका ७० जना शिक्षकलाई अन्यत्रै सरुवा गरिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो ।

जिल्ला शिक्षा समितिको भदौ ११ गते बसेको बैठकले २८ विद्यालयलाई दरबन्दी प्रदान गरेको हो । चार वटा दरबन्दी भई कक्षा ८ सञ्चालन भएका आठ वटा विद्यालयलाई थप एक÷एक वटा, पाँच वटा दरबन्दी भई कक्षा ८ सञ्चालन भइरहेका १० वटा विद्यालयलाई एक÷एक वटा, एउटै दरबन्दी नभई सञ्चालन भइरहेका दुई वटा विद्यालयलाई एक÷एक वटा र विद्यार्थी अनुपातका आधारमा अन्य विद्यालयलाई दरबन्दी प्रदान गरिएको जिशिअ गौतमले जानकारी दिनुभयो ।

दरबन्दी मिलान प्रक्रिया अघि बढेपछि २०५७ सालदेखि रोकिएका दरबन्दी मिलान कार्य अब अघि बढेको हो । निमावि र मावि तहमा १० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन तथा बन्द गर्ने, १३ जनाभन्दा कम विद्यार्थी भएको प्राविलाई भौगोलिक विकटताको बहुकक्षा विद्यालय कायम गरिने नीति लिइएको जिशिकाले जनाएको छ ।

विद्यार्थी न्यून भएका कारण धेरै प्रावि बन्द गर्नुपरेको शिक्षा समितिले जनाएको छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी पुलमा तानेर विद्यालयलाई वितरण गरिएको र विद्यालयबाट दरबन्दी कटौती गर्न धेरै समस्या झेल्नुपरेको जिशिअ गौतमको भनाइ छ । “नयाँ दरबन्दी दिन सजिलो रहेछ तर वर्षौंअघि दिइएको दरबन्दी कटौती गर्न धेरै गाह्रो रहेछ, जिशिअ गौतमले दरबन्दी मिलान प्रक्रियासँगै दरबन्दी बिनै सञ्चालन भएका विद्यालयलाई ठूलो राहत मिलेको छ ।”

गोरखापत्रमा बखर छ ।

प्रतिक्रिया