Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

वार्ताका लागि शिक्षक महासंघलाई मन्त्रालयद्धारा पत्राचार

विहीबार, १७ भदौ २०७२

काठमाडौं १७ भदौ / आन्दोलनरत शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको छ । बिहीबार पत्र लेखेर वार्ताको आह्वान गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिउँसो ३ बजेका लागि बोलाएको हो । 

शिक्षकले विभिन्न समयमा राखेका मागका सन्दर्भमा वार्तावाट समाधान निकाल्न महासंघबाट ५ जनाको वार्ता टोली सहित उपस्थित हुन भन्दै पत्राचार गरिएको छ ।

मन्त्रालयको पत्र पछि महासंघको औपचारिक धारणा भने सार्वजनिक भएको छैन ।

शिक्षक महासंघले भने यस अघिनै देशको जटिल राजनीतिक परिस्थितीका कारण भन्दै २० गते गर्ने भनिएको कामरोक धर्ना स्थगित गरिसकेको छ । यसको सट््टा भदौ २१ गते उपत्यकाका ३ वटै जिल्लामा विविध कार्यक्रम गर्ने भनिएको छ । २६ गते गर्ने भनिएको काठमाडौं जाऔं आन्दोलन भोलिपल्टलाई सारिएको छ ।

संविधानको मस्यौदामा शिक्षालाई उच्च प्राथमिकतामा नराखिएको र आफूहरुसंग यस अघि भएका सहमतीको कार्यान्वयनमा शिक्षा मन्त्रीले आलटाल गरेको लगायतका माग गर्दै शिक्षकहरु लामो समय देखि आन्दोलनमा छन् ।

प्रतिक्रिया