Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

‘१० औँ इक्यान फेयर’को सम्पूर्ण तयारी पूरा 

बुधबार, २६ जेठ २०७३

काठमाडौँ – राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु हुने ‘१० औँ इक्यान फेयर’ को सम्पूर्ण तयारी पूरा भएको छ ।   आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । 

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिइने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । 

बर्षेनी आयोजना हुदै आएको इक्यान प्रदर्शनीमा यस बर्ष २ सय ५० बढी स्टल राखिएका छन् ।  विगतका बर्षमा भन्दा केही फरक तरिकाले यस बर्ष अनलाइनबाट पनि स्टल बुकिङको व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिए । 

प्रदर्शनीलाई एक लाख ५० हजार बढी विद्यार्थी र अभिभावकले अवलोकन गर्ने इक्यानले जनाएको छ ।

प्रकाशित मिति २०७३ जेठ २६ गते ।

प्रतिक्रिया