Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

छोरालाई स्कुल पुर्‍याउँदा धुरुधुरु

बुधबार, ३० भदौ २०७२

छोरालाई स्कुल पुर्‍याउँदा धुरुधुरुकाठमाडौं ३० भदौ / ओस्कार अवार्ड विजेता हलिउड अभिनेत्री सान्ड्रा बुलाकको जीवनकै भावनात्मक पल के होला ? कसैले भन्लान्, डेब्यु गर्दाको पल, कसैले अनुमान गर्लान्, पहिलो हिट फिल्म दिँदाको क्षण । अनि कसैले भन्लान्, विश्वप्रसिद्ध ओस्कार अवार्ड जित्दाको समय ।

तर, सान्ड्रा आफू भने यी कुनै पललाई पनि भावनात्मक पल ठान्दिनन् । के हो त यी सुपरस्टारको त्यो पल ? ‘जीवनमै पहिलोपटक म त्यतिवेला भावुक भएँ, जतिवेला म मेरो छोरालाई पहिलोपटक स्कुल छोड्न गएकी थिएँ,’ उनले भनेकी छिन्, ‘पाँच दिनअघि म मेरो पाँच वर्षीय छोरालाई स्कुल पुर्‍याउन गएँ । जब उसलाई भुइँमा राखेँ, ऊ, रुन थाल्यो ।

बाबु रोएको देखेर मेरो मन मानेन । म पनि धुरुधुरु रोएँ । छोरालाई स्कुल छोडेर आउँदा मुटु नै त्यहीँ छोडिएजस्तो भयो । त्यत्तिकै भावुक मकहिल्यै भइनँ ।’

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया