Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

अब विद्यालयको व्यवस्थापन यसरी

मंगलबार, २५ जेठ २०७३

काठमाडौँ, २५ जेठ । विद्यालय शिक्षालाई दुई तह बनाउने व्यवस्था गत शनिबार संसदले पारित गरेको शिक्षा ऐन संशोधनसम्बन्धि विधेयकमा भएपछि शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन शुरु गरेको छ ।

विद्यालय शिक्षामा कक्षा १ देखि आठ र कक्षा नौदेखि बाह्र गरी दुई तह निर्धारण गरिएसंगै विद्यार्थी, अभिभावक र सरोकारावालाहरुमा समेत यसको कार्यान्वयन पक्षबारे निकै चासो छ । संशोधित ऐनले हाल कक्षा ११ र १२ को पढाई सञ्चालनका निम्ती उच्च माध्यामिक सम्बन्धनलाई दिने पाठ्यक्रम निर्माण परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्बन्धि कार्य गर्दैै आइरहेको उच्च माध्यामिक शिक्षा परिषदको स्थानमा राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने व्यवस्था गरेको छ ।

परिषदको काम अब गठन हुन लागेको बोर्डसंग मिलाउने विषयमा अध्ययन गर्ने मन्त्रालयले उच्च माध्यामिक शिक्षा परिषदका सदस्यसचिव नारायण कोइरालाको संयोजकत्वमा शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सदस्य रहेको अध्ययन समिती गठन गरेको  छ।

(अन्नपुर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन् ।)

प्रतिक्रिया