Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

उजुरी दिन स्कुल पोशाकमै !

विहीबार, २० जेठ २०७३

काठमाडौँ, २० जेठ । दुई किशोरी मंगलबार दिउँसो विद्यालय पोशाकमै स्थानीय शान्ति समिती लमजुङको कार्यालय पुग्दा पौने २ बजेको थियो ।  हातमा कलम बोकेर आएको देखेपछि कर्मचारीले दुबैलाई भित्र बोलाए । कक्षा १० मा पढ्ने निशा परियार र ८ की मनिषा परियारले उजुरी हाल्न आएको बताउँदा स्थानीय शान्ति समितीका सचिव किरण लामिछानेलाई पत्याउन गाह्रो भयो ।

दिदी निशा १५ र बहिनी मनिषा १३ बर्षका थिए । संगै आएका अधिकारकर्मी कृष्णप्रसाद अधिकारीले ‘द्धन्द्धकालमा अभिभावक गुमाएका किशोरी’का रुपमा परिचय गराएपछि लामिछानेले उनहिरुलाई फर्म दिए ।  निशाले जानेअनुसारको फारममा लेखिन् । ‘दिउँसो स्कुलमा । बिहानबेलुका पढ्नुपर्छ । त्यही भएर हाफ छुट्टमा भएको ।’ निशाले भनिन् ।

मध्यमस्र्याङदी जलविद्युत परियोजनामा मजदुरी गर्दै आएका २७ बर्षका गोपाल परियार २०६० असोज १५ गते विद्रोही माओावादीले थापेको विद्युतीय धरापमा पर्दा निशा दुई बर्षकी थिइन् भने मनिषा ६ बर्षकी थिइन् ।

घटनापछि आमा पूजाले छर छाडिन् । अन्तै विवाह गरिन् । उनीहरु दुबै बेशीशहरस्थित विद्या विकास उच्चमाविमा पढ्छन् । पठनपाठन, बस्न र खान, लाउन बेशीशहरको आदर्श महिला तथा बाल विकास केन्द्रले व्यवस्थापन गर्दै आएको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया