Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

घुस लिंदै गर्दा प्रधानाध्यापक पक्राउ

शनिबार, १५ जेठ २०७३

काठमाडौँ, १६ जेठ । जनता उच्च मावि अमाहीबरियातीका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई नयाँ शिक्षक नियुक्तिको आश्वासन दिंदै ६५ हजार रुपियाँ नगद घुस लिँदै गर्दा शनिबार अख्तियार दुरुपायोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । 

प्रधानाध्यापक चौधरीले नयाँ शिक्षक नियुक्ति गरिदिन्छु भन्दै विराटनगरस्थित एक होटलमा रु ६५ हजार घुस लिई रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको अख्तियार पूर्वाञ्चल प्रमुख रबीन्द्र शर्माले जानकारी दिएका छन् ।

पक्राउ परेका प्रधानाध्यापक चौधरीलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा राखेर थप सोधपुछ र अनुसन्धान भई रहेको पनि प्रमुख शर्माले जानकारी दिएका छन् ।

रासस 

 

प्रतिक्रिया