Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

गरुकुलमा तोडफोड

शुक्रबार, १४ जेठ २०७३

हेटौंडा – मकावानपुर रजैया स्थित ‘ओम् श्री वातावरण शुद्धिकरण अभियान अग्नि होत्राश्रम’ मा अज्ञात समुहले विहीबार राती तोडफोड गरेका छन् । आश्रमको अग्नीकुण्डमा उक्त समुहले तोडफोड  गर्नुका साथै मलमुत्र समेत गरि दिएको  प्राचार्य डा. घृतकौशिक खनालले बताए ।

हेटौडा वजार देखि करिब २० किलोमिटर पर राप्ती नदीको तटमा स्थापित आश्रममा हिन्दु गुरुकुलीय माध्यमबाट अध्ययन अध्यापन गराइन्छ । करिब एक दशक अघि स्थापना गरिएको आश्रममा विद्यालय तह देखि स्नातकोत्तर तह सम्म अध्ययन गर्ने करिब ३० आवासीय विद्यार्थी छन् । त्यत्तिकै मात्रमा ज्ञान साधना गर्नेहरु पनि छन् ।

वेद–वेदांग सहित वातावरण विज्ञान, भुगोल, ज्योतिष, जडीबुटी विज्ञान, आयुर्वेद लगायतका विषय अध्ययन अध्यापन गराईदै आएको आश्रममा उच्छृखल समुहले तोडफोड गरेको हो । उक्त कार्य निन्दीत हुनुका साथैं नास्तिक भावको प्रकट रहेको प्राचार्यले बताए । अग्नीकुण्डमा मलमुत्र गरेर धर्मिक आस्था प्रति नै प्रहार गरिएकोले त्यस्ता गतिबिधी रोक्न सरकारसँग प्राचार्यको आग्रह छ ।

उनले भने “ यस्ता गतिविधीले प्रश्रय पाए समाज हिंसातिर उन्मुख हुनेछ । त्यसैले सचेत भएर प्रशासनले दोषी पहिचान गरी कारवाही गरोस् भन्ने आग्रह गर्छु ।”

स्थानीय नेवारपानी प्रहरी चौकीमा घटनाको जानकारी गराएको भए पनि उक्त कार्यमा संलग्न मध्ये कसैलाई पनि प्रहरीले फेला पार्न सकेको छैन ।

प्रकाशित मिति २०७३ जेठ १४ गते

प्रतिक्रिया