Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

समृद्ध मुलुकको पहिलो माध्यम शिक्षक : शिक्षा मन्त्री

शुक्रबार, १४ जेठ २०७३

भक्तपुर - शिक्षा मन्त्री गिरिराजमणि पोरखेलले समृद्ध मुलुक बनाउन शिक्षक पहिलो माध्यम भएको बताएका छन् । आस्था महिला विद्यालयको आठौ बार्षिक उत्सवको अवसरमा मन्त्री पोखरेलले मुलुक सम्बृद्ध बनाउन मुलुकमा शैक्षिक अवस्था सुधार गर्नु पर्ने बताए । ‘त्यसका लागि पहिलो माध्यम शिक्षक हो,’ उनले भने, ‘तर, शिक्षकले पार्टीलाई लेबी बुझाउने र भोट माग्ने हैन शिक्षकको काम पढाउने हो । आफ्नो काम  पुरा गरे पछि मात्रै समृद्ध भइन्छ ।’ 

शिक्षकहरु दलको पदाधिकारी भएर काम गर्न थाले पछि शिक्षा कमजोर भएको उनको आरोप छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई पर्याप्त सुविधा र पूर्वाधार भए पनि गुणस्तरमा सुधार गर्न नसकेको उनले बताए । ‘सार्वजनिक विद्यालय बदल्ने अठोट लिएको छु,’ उनले भने, ‘यसका लागि शिक्षा विधेयकमा शिक्षकलाई दलको कार्य समितिमा बस्न नपाउने व्यवस्था गरेको छु ।’

प्राविधिक धारका विद्यालय व्यवस्थापन गर्न छुटटै समिति

उच्च माध्यमिक तहमा सुरु भएको प्राविधिक शिक्षालाई व्यवस्थित गर्न छुटटै संयन्त्र बन्ने भएको छ । सरकारले गत वर्षदेखि कक्षा ११ मा पनि प्राविधिक धारबाट पढाई सुरु गरेको थियो ।

उच्च माध्यमिक शिक्षा परिषद्मा प्राविधिक जनशक्तिको  अभावले अनुगमन र नियमन गर्न नसक्दा गुणस्तर खस्कने भए पछि यस्तो व्यवस्था गर्न लागिएको मन्त्री पोखरेलले बताए । ‘प्राविधिक धारलाई व्यवस्थापन र गुणमा आधारित बनाउन छुटटै संयन्त्र बनाउने तयारी हुदैछ,’ उनले भने ।

प्रकाशित मिति २०७३ जेठ १४ गते

प्रतिक्रिया