काठमाडौं - अब देखि शिक्षकले कुनै पनि राजनीतिक दलको कुनै पनि समितिमा बस्न नपाउने भएका छन् । संसदमा बिहीबार दर्ता भएको शिक्षा विधेयकमा शिक्षक स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय स्तरको कार्यकारिणी समितिमा बस्न नपाउने व्यवस्था गरिएको छ ।
यो विधेयक पारित भए पछि यदि कुनै पनि शिक्षक कुनै पनि राजनीतिक दलको कुनै पनि पदमा रहेका भए आफनो पद छाड्नु पर्ने हुन्छ ।
संसदमा दर्ता गरिएको विधेयकमा उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले अस्थायी अध्यापन अनुमति पत्र लिनु पर्ने उल्लेख छ । उच्च माविमा कार्यरत शिक्षकहरुलाई आयोगले यो दफा प्रारम्भ भएको मितिले छ महिना भित्र अस्थायी अध्यापन अनुमति पत्र दिनेछ । विधेयकमा भनिएको छ, अस्थायी अध्यापन अनुमति पत्र पाएका शिक्षकले पाँच वर्ष भित्र आयोगबाट स्थायी अध्यापन अनुमति पत्र लिनु पर्नेछ । माध्यमिक शिक्षक पदको लागि आयोगबाट हुने तोकिए बमोजिमको पहिलो विज्ञापनमा उम्मेदवार हुन उमेरको हद नलाग्ने पनि विधेयकमा उल्लेख छ ।
व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ पारित गरेको थियो ।
पढ्नुहोस् : शिक्षा विधेयक समितिबाट पारित
समितिबाट पारित उक्त विधेयक समितिकी सभापति रञ्जु झाले बिहीबार संसदमा दर्ता गराएकी थिईन् ।
पढ्नुहोस् : शिक्षा ऐन संसदमा, सहमतीमै पास हुनेमा शिक्षा मन्त्री ढुक्क
गत चैत ५ गते बसेको समितिको बैठकले गठन गरेको उपसमितिले विधेयकलाई अन्तिम रुप दिएको थियो । चैत १४ गते देखि बैशाख २७ गते सम्म बसेको उपसमितिको आठवटा औपचारिक बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिई समितिमा पेश गरेको थियो । उप समितिको उक्त प्रतिवेदन माथि छलफल गरी सभापति झाले बिहीबार संसदमा तर्दा गराएकी हुन् ।
शिक्षा विधेयकको पूर्ण पाठ :
व्यवस्थापिका–संसद
महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति
“शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२” को प्रतिवेदन
१. शिक्षा (आठौं संशोधन) विधेयक (यसपछि “मूल विधेयक” भनिएको) को दफा १ को उपदफा (१) मा रहेका “२०७२” भन्ने अंकको सटृा “२०७३” भन्ने अंक राख्ने ।
२. मूल विधेयकको दफा २ को सटृा देहायको दफा २ राख्ने :
२. शिक्षा ऐन, २०२८ को प्रस्तावनामा संशोधन ः शिक्षा ऐन,२०२८ (यसपछि “मूल ऐन” भनिएको) को प्रस्तावनाको सटृा देहायको प्रस्तावना राखिएको छ :
“प्रस्तावना : राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकुल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न मुलुकभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन भइरहेका विद्यालयको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्न वाञ्छनीय भएकाले”
३. मूल विधेयकको दफा ३ को,–
(१) उपदफा (१) को खण्ड (ख१) को सटृा देहायको खण्ड (ख१) राख्ने ः–
“(ख१) “आधारभूत शिक्षा” भन्नाले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्म दिइने शिक्षा सम्झनु पर्छ ।”
(२) उपदफा (२) को खण्ड (घ) को सटृा देहायको खण्ड (घ) राख्ने :–
“(घ) “माध्यमिक शिक्षा” भन्नाले कक्षा नौदेखि कक्षा बाह्र सम्म दिईने शिक्षा सम्झनु पर्छ ।”
(३) उपदफा (३) को खण्ड (घ१क) को उपखण्ड (१) मा रहेका “पूर्ण दृष्टिविहिन,” भन्ने शब्दहरु झिक्ने ।
(४) उपदफा (७) को खण्ड (च५) मा रहेका “संस्थागत संरक्षकत्व प्रदान गर्ने संस्थालाई” भन्ने शब्दहरुको सटृा “त्यस्तो विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई” भन्ने शब्दहरु राख्ने ।
४. मूल विधेयकको दफा ४ को,–
(१) उपदफा (१) मा रहेको “कसैले” भन्ने शब्दको सट्टा “कुनै नेपाली नागरिकले शैक्षिक गुठी अन्र्तगत” भन्ने शब्दहरु राख्ने ।
(२) उपदफा (२) झिक्ने र त्यसपछिका उपदफाहरुको क्रम मिलाउने ।
(३) उपदफा (३) बाट संशोधन गर्न प्रस्ताव गरिएको उपदफा (४) मा रहेको “वा सहकारी” भन्ने शब्दहरु झिक्ने ।
(४) उपदफा (४) मा रहेका “वा सहकारी” भन्ने शब्दहरु झिक्ने ।
(५) उपदफा (५) झिकी त्यसपछिका उपदफाको क्रम मिलाउने ।
५. मूल विधेयकको दफा ५ को,– एडुखबर
(१) थप गर्न प्रस्ताव गरिएको दफा ४क.को,–
(क) उपदफा (२) को,–
(अ) खण्ड (क) को सटृा देहायको खण्ड (क) राख्ने,–
“(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तीमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति –अध्यक्ष”
(आ) खण्ड (ज) मा रहेका “मन्त्रालयले मनोनीत गरेको एकजना” भन्ने शब्दहरुको सटृा “बोर्डले मनोनीत गरेका कम्तीमा दुईजना महिला सहित तीनजना” भन्ने शब्दहरु राख्ने ।
(ख) उपदफा (३) को सटृा देहायको उपदफा (३) राख्ने :
“(३) बोर्डको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।”
(२) थप गर्न प्रस्ताव गरिएको दफा ४ङ. को उपदफा (३) पछि देहायको उपदफा (४) थप गर्नेे :
“(४) उपदफा (३) बमोजिम सेवाका शर्तको व्यवस्था गर्दा यो दफा प्रारम्भ हुँदाका बखत उच्च माध्यमिक शिक्षा परिषद्मा कम्तीमा एक वर्ष निरन्तर अस्थायी सेवा गरिरहेका कर्मचारीको हकमा यो दफा प्रारम्भ भएपछि एकपटकको लागि आन्तरिक विज्ञापन गरी स्थायी पदपूर्तिको लागि हुने प्रतियोगितात्मक परीक्षामा सहभागी हुन पाउने र त्यसरी हुने विज्ञापनमा सहभागी हुन नचाहेमा त्यस्तो परिषद्मा कम्तीमा पाँच वर्ष निरन्तर अस्थायी सेवा गरिरहेका कर्मचारीलाई सुविधा दिई अवकाश दिने व्यवस्था गर्नु पर्नेछ ।”
६. मूल विधेयकको दफा ६ को खण्ड (घ) को प्रतिवन्धात्मक वाक्यांशको सटृा देहायको प्रतिवन्धात्मक वाक्यांश राख्ने :
“तर त्यस्तो शिक्षामा थप एक वर्ष तोकिए बमोजिम व्यवहारिक अभ्यास गराइनेछ ।”
७. मूल विधेयकको दफा ९ को,–
(१) थप गर्न प्रस्ताव गरिएको दफा ७क.को उपदफा (२) को,–
(क) खण्ड (ङ) को सटृा देहायको खण्ड (ङ) राख्ने
“(ङ) विश्वविद्यालयका पदाधिकारीहरुमध्येबाट एकजना
महिला सहित मन्त्रालयबाट मनोनीत तीनजना –सदस्य”
(ख) खण्ड (ड) र (ढ) मा रहेका “मन्त्रालयबाट मनोनित एकजना” भन्ने शब्दहरुको सटृा “एकजना महिला सहित मन्त्रालयबाट मनोनीत दुइजना” भन्ने शब्दहरु राख्ने ।
(२) थप गर्न प्रस्ताव गरिएको दफा ७ख को उपदफा (४) मा रहेका “कम्तीमा दश वर्ष” भन्ने शब्दहरु झिक्ने ।
८. मूल विधेयकको दफा १० को,–
(१) उपदफा (१) को सटृा देहायको उपदफा (१) राख्नेः–
“(१) उपदफा (२) को,–
(क) खण्ड (ज) को सटृा देहायको खण्ड (ज) राखिएकोछः–
“(ज) अभिभावक वा शिक्षाविद्हरुमध्येबाट जिल्ला शिक्षा समितिले मनोनीत गरेको कम्तीमा एकजना दलित र एकजना महिला सहित तीन जना -सदस्य”
(ख) खण्ड (घ) र (छ) झिकिएका छन ।”
(२) उपदफा (२) को खण्ड (ख) बाट संशोधन गर्न प्रस्ताव गरिएको खण्ड (च) को सटृा देहायको खण्ड (च) राख्ने :
“(च) जिल्लाभित्रका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा पाँच सम्मका आधारभूत विद्यालयमा दुर्गम (एडुखबर) जिल्लाहरुको हकमा भौगालिक विकटताको आधारमा र अन्य जिल्लाको हकमा विद्यार्थी संख्याको आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरी र आधारभूत विद्यालयको कक्षा छ देखि आठसम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा नेपाल सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने,”
९. मूल विधेयकको दफा १४ अन्र्तगत संशोधनको लागि प्रस्ताव गरिएको दफा ११च. को,–
“(१) उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको क्रम संख्या (३) मा रहेका “संबत २०६३ साल बैशाख १० गते सम्म” भन्ने शब्दहरुको सट्टा “संबत २०७२ साल असोज २ गते सम्म” भन्ने शब्दहरु राखी सोही क्रम संख्यामा रहेको “संबत २०६९ साल पुष १९ गतेको विज्ञापन हुँदाको बखत सम्म” भन्ने शब्दहरु र सोही क्रम संख्याको प्रतिवन्धात्मक वाक्यांश झिक्ने ।
(२) उपदफा (४) मा रहेका “प्रतिवन्धात्मक वाक्यांशको उपखण्ड (१) र (२) बमोजिम” भन्ने शब्दहरुको सट्टा “प्रतिवन्धात्मक वाक्यांश बमोजिम” भन्ने शब्दहरु राख्ने ।
(३) उपदफा (७) मा रहेका “उपदफा (१) को खण्ड (ख) को प्रतिवन्धात्मक वाक्यांशको उपखण्ड (१) र (२) बमोजिमको” भन्ने शब्दहरुको सटृा “सम्वत् २०५२ साल र तत्पश्चात भएका विज्ञापनबाट स्थायी नियुक्ति भएका वा उपदफा (१) को खण्ड (ख) को प्रतिवन्धात्मक वाक्यांश बमोजिमको” भन्ने शब्दहरु राख्ने ।
(४) उपदफा (८) को सटृा देहायको उपदफा (८) राख्नेः–
(८) यो उपदफा प्रारम्भ हुँदाको मितिसम्म अविच्छिन्न रुपमा कार्यरत रहेका अस्थायी शिक्षकले उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हुने विज्ञापनमा उम्मेदवार हुन नचाहेमा उपदफा (९) बमोजिमको सुविधा लिई अवकास लिनको लागि त्यस्तो विज्ञापनको दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्नेछ ।”
(५) उपदफा (८) पछि देहायको उपदफा (९) थप गरी त्यसपछिको उपदफाको क्रम मिलाउनेः–
“(९) उपदफा (८) बमोजिम निवेदन दिने अस्थायी शिक्षकको उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हुने विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानी निजलाई देहाय बमोजिमको सुविधा दिईनेछ ः–
(क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम,
(ग) पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम ।”
(६) साविकको उपदफा (९) अव कायम हुन आउने उपदफा (१०) मा रहेका “विज्ञापन बमोजिम दरखास्त दिने अन्तिम मितिबाट” भन्ने शब्दहरु झिक्ने । एडुखबर
(७) साविकको उपदफा (९) अव कायम हुन आउने उपदफा (१०) पछि देहायको उपदफा (११) थपी त्यस पछिको उपदफाको क्रमसंख्या मिलाउनेः–
“(११) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो दफा प्रारम्भ भएपछि शिक्षकको पदपूर्तिको लागि हुने खुला तर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद लाग्ने छैन ।”
१०. मूल विधेयकको दफा १६ को,–
(१) उपदफा (१) को,–
(क) संशोधन गर्न प्रस्ताव गरिएको उपदफा (१) को खण्ड (घ) को सटृा देहायको खण्ड (घ) राख्नेः–
“(घ) स्थानीय समाजसेवी वा शिक्षा प्रेमीहरुमध्येबाट गाउँ शिक्षा
समिति वा नगर शिक्षा समितिबाट मनोनीत एकजना दलित र दुईजना महिला सहित तीनजना - सदस्य”
(ख) खण्ड (च) को अन्तमा “सदस्य” भन्ने शब्द थप गर्ने ।
(२) उपदफा (२) मा रहेका “प्रधानाध्यापकहरुलाई” भन्ने शब्दहरुको सटृा “प्राधानाध्यापकहरु र नेपाल शिक्षक महासंघको प्रतिनिधिलाई” भन्ने शब्दहरु राख्ने ।
११. मूल विधेयकको दफा १८ को,–
(१) उपदफा (१) अन्र्तगत प्रस्ताव गरिएको उपदफा (६क) को सटृा देहायको उपदफा (६क) राख्नेः–
“(६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विज्ञान, कम्युटर विज्ञान, इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानून, कृषि तथा पशु विज्ञान विषयमा कम्तीमा स्नातक
उपाधि हासिल गरेका व्यक्ति त्यस्तो विषयको लागि अस्थायी अध्यापन अनुमतिपत्रको लागि लिईने परीक्षामा उम्मेदवार हुन सक्नेछन् ।”
(२) उपदफा (२) अन्र्तगत प्रस्ताव गरिएको उपदफा (६ङ) मा रहेका “शिक्षकहरुको पेशागत संस्थाबाट” भन्ने शब्दहरुको सटृा “नेपाल शिक्षक महासंघबाट” भन्ने शब्दहरु राख्ने ।
१२. मूल विधेयकको दफा २० मा रहेका “बालविकास केन्द्र” भन्ने शब्दहरुको सट्टा “प्रारम्भिक बाल शिक्षा केन्द्र” भन्ने शब्दहरु राख्ने ।
१३. मूल विधेयकको दफा २१ मा रहेका “पूर्व प्राथमिक शिक्षा” भन्ने शब्दहरुको सटृा “प्रारम्भिक बाल शिक्षा” भन्ने शब्दहरु राख्ने ।
१४. मूल विधेयकको दफा २३ को,–
(१) उपदफा (१) बाट संशोधन गर्न प्रस्ताव गरिएको खण्ड (ख) को सटृा देहायको खण्ड (ख) राख्ने :
“(ख) विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको
वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुमध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य –सदस्य”
(२) उपदफा (५) को सटृा देहायको उपदफा (५) राख्ने ः–
“(५) उपदफा (७क) को सटृा देहायको उपदफा (७क) राखिएकोछः–
“(७क) शैक्षिक गुठी अन्र्तगत सञ्चालन भएका (एडुखबर) विद्यालयको सञ्चालन, रेखदेख तथा व्यवस्थापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।”
(३) उपदफा (५) पछि देहायको उपदफा (६) थप गर्ने ः–
“(६) उपदफा (७ख) झिकिएको छ ।”
१५. मूल विधेयकको दफा २६ को उपदफा (३) को ठाउँ ठाउँमा रहेका “वा सहकारी” भन्ने शब्दहरु झिकिएका छन् ।
१६. मूल विधेयकको दफा २९ को खण्ड (ख) अन्र्तगत थप गर्न प्रस्ताव गरिएको खण्ड (छ) को सटृा देहायको खण्ड (छ) राख्ने ः–
“(छ) शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्यकारिणी समिति” भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तहस्तरका कार्यकारिणी समिति सम्झनु पर्छ ।”
१७. मूल विधेयकको दफा ३१ बाट थप गर्न प्रस्ताव गरिएको दफा १६च२. को उपदफा (२) मा रहेका “दैवी प्रकोप” भन्ने शब्दहरुको सटृा “प्राकृतिक प्रकोप” भन्ने शब्दहरु राख्ने ।
१८. मूल विधेयकको दफा ३१ पछि देहायको दफा ३२ थप गरी त्यसपछिका दफा क्रम मिलाउने ।
“३२. मूल ऐनको दफा १६ छ मा संशोधनः मूल ऐनको दफा १६छ. को उपदफा (२) पछि देहायको उपदफा (३) थपिएको छ ।
“(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजनीतिक पूर्वाग्रह राखी हटाइएका शिक्षक तथा कर्मचारीलाई पुर्नवहाली गर्ने सम्बन्धमा संवत् २०५२ सालमा गठित कार्यदलले सिफारिस गरेका तथा सो कार्यदलको मापदण्डभित्र परी सिफारिस गर्न बाँकी रहेका शिक्षक र संवत् २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसीर ५ गतेसम्मको अवधिमा मुलुकभित्र कायम रहेको द्वन्द्व तथा सो समयपछि भएका आन्दोलनको कारणबाट सेवाबाट हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा छानबिन गरी नेपाल सरकारलाई सुझाव पेश गर्न एक पटकका लागि तोकिए बमोजिमको एक जाँचबुझ समिति रहनेछ ।”
१९. मूल विधेयकको अब कायम हुने दफा ३३ साविकको दफा ३२ को सट्टा देहायको दफा ३२ राख्नेः
“ ३२. मूल ऐनको दफा १६ज. मा संशोधन ः मूल ऐनको दफा १६ज. को,–
(१) उपदफा (३) को सटृा देहायको उपदफा (३) राखिएको छः–
“(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा गरेको स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्ला भित्रको, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रको र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्नेछ ।
तर दरबन्दी मिलान गर्दा वा विशेष कारणवश कुनै शिक्षकलाई कुनै विद्यालयबाट सरुवा नगरी नहुने भएमा त्यस्तो शिक्षकको एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा नभएको भएपनि कारण खुलाई यस दफा बमोजिम सरुवा गर्न बाधा पर्ने छैन ।”
(२) उपदफा (४) मा रहेका “र सम्बन्धित विद्यालयको सिफारिस” भन्ने शब्दहरु झिकिएका छन ।”
२०. मूल विधेयकको दफा ३३ बाट थप गर्न प्रस्ताव गरिएको दफा १६ठ. को,–
(१) उपदफा (३) मा रहेका “नोकरीमा” भन्ने शब्दहरुको सटृा “सेवामा” भन्ने शब्दहरु राख्ने ।
(२) उपदफा (३) पछि देहायको उपदफा (४) र (५) थप्ने :
“(४) उपदफा (१) बमोजिम स्वीकृत विद्यालय कर्मचारीको दरबन्दीमा पदपूर्ति गर्दा यो दफा प्रारम्भ हुँदाका बखत कार्यरत रहेका कर्मचारीहरुमध्येबाट आयोगले तोके बमोजिम विज्ञापन गरी आन्तरिक प्रतियोगिता गराई पदपूर्ति गर्नेछ ।
(५) उपदफा (४) बमोजिमको विज्ञापनमा उम्मेदवार हुन उपदफा (३) बमोजिमका विद्यालय कर्मचारीलाई उमेरको हद लाग्ने छैन ।”
२१. मूल विधेयकको दफा ३४ बाट थप गर्न प्रस्ताव गरिएको दफा १६ड. को उपदफा (१) मा रहेका “तोकिएको अवस्थामा बाहेक” भन्ने शब्दहरु झिकिएका छन् ।
२२. मूल विधेयकको दफा ३६ को उपदफा (१) पछि देहायको उपदफा (२) थपि त्यसपछिका उपदफाको क्रम मिलाउनः–
“(२) खण्ड (थ) को सटृा देहायको खण्ड (थ) राखिएको छः–
“(थ) प्रधानाध्यापकको नियुक्तिको लागि आवश्यक पर्ने योग्यता, काम, कर्तव्य र अधिकार तथा सुविधा,”
२३. मूल विधेयकको दफा ३७ पछि देहायको दफा ३८ थप गरी त्यस पछिका दफाको दफाक्रम मिलाउनेः–
“३८. उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षक सम्बन्धी व्यवस्था ः यस ऐनमा अन्यत्र जुनसुकै (एडुखबर) कुरा लेखिएको भएतापनि यो दफा प्रारम्भ हुँदाका बखत उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आयोगले यो दफा प्रारम्भ भएको मितिले छ महिनाभित्र अस्थायी अध्यापन अनुमतिपत्र दिनेछ ।
(२) उपदफा (१) बमोजिम अस्थायी अध्यापन अनुमतिपत्र पाएका शिक्षकले पाँचवर्षभित्र आयोगबाट स्थायी अध्यापन अनुमतिपत्र लिनु पर्नेछ ।
(३) यो दफा प्रारम्भ हुँदाका बखत उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकलाई प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो दफा प्रारम्भ भएपछि माध्यमिक शिक्षक पदको लागि आयोगबाट हुने तोकिए बमोजिमको पहिलो विज्ञापनमा उम्मेदवार हुन उमेरको हद लाग्ने छैन ।”
२४. मूल विधेयकको दफा ३८ को,–
(१) खण्ड (ख) मा रहेका “शिक्षक महासंघ” भन्ने शब्दहरुको सटृा “नेपाल शिक्षक महासंघ” भन्ने शब्दहरु राख्ने ।
(२) खण्ड (ङ) पछि देहायको खण्ड (च) थप गर्ने ।
“(च) “पूर्व प्राथमिक शिक्षा” भन्ने शब्दहरुको सट्टा “प्रारम्भिक बाल शिक्षा”
उप समितिले छलफल गर्नु अघि तयार गरिएको शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस् :
पढ्नुहोस् ! संशोधन प्रकृयामा रहेको शिक्षा ऐन
प्रकाशित मिति २०७३ जेठ १४ गते
प्रतिक्रिया