Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली !!

शुक्रबार, १४ जेठ २०७३

काठमाडौं १४ जेठ / राष्ट्रिय अनुसन्धान विभाग सिंहदरबारमा कार्यरत अनुसन्धान अधिकृत रणदीप खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेलापरेपछि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

खड्काले बढुवा प्रयोजनका लागि लागि पेस गरेको त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट बीकम (स्नातक) उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झूट्टा देखिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

खड्काविरुद्ध छानबिनका लागि आन्तरिक रूपले अख्तियारमा उजुरी परेको थियो । खड्कालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरूप सजाय गर्न माग गरिएको छ ।

अन्नपूर्ण पोष्टको खबर ।

प्रतिक्रिया