Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

चिट चोर्ने १८ परिक्षार्थी निस्काशित

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । जुम्लाको जनता माध्यमिक प्राविधिक विद्यालय महतगाउामा कक्षा १२ को आंशिक परिक्षा दिँदै गरेको १८ जना परिक्षार्थीलाई निस्काशित गरिएको छ । 

परिक्षाको मर्यादाविपरित क्रियाकलाप गरेको भन्दै उनीहरुलाई निस्काशित गरिएको केन्द्राध्यक्ष हरिकृष्ण महतले जानकारी दिए । उनका अनुसार परिक्षामा चिट चोर्ने र चिर्न चोर्न नपाएको भन्दै निरिक्षक र केन्द्राध्यक्षलाई धम्क्याउन खोज्ने परिक्षार्थी निस्काशित भएका हुन् । 

पहिलोपटक चिटिङ गर्न देखेपछि सामान्य गल्ती महशुस गराई परिक्षामा सहभागि गराइएको भए पनि परिक्षार्थीले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा निस्काशित गर्नु परेको विद्यालयले जनाएको छ । 

परिक्षाको मर्यादा विपरित परिक्षार्थीले काम गरेकोले निस्काशित गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । यसअघि चिट चोर्न नपाएको भन्दै कर्णाली प्राविधिक शिक्षालयमा परिक्षार्थीले नाराजुलुस गर्दा परिक्षा नै रद्ध गर्नु परेको थियो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया