Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

कन्सलटेन्सीबाट ठगी धन्दा गर्ने पक्राउ

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । बैदेशिक रोजगारीमा पठाईदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई कन्सलटेन्सीका संचालकहरु पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महाशाखाले युरो एण्ड सि लिंक एजुकेशन कन्सलटेन्सी र फ्लाई युरो कन्सलटेन्सीका संचालक रंजित कंडेललाई १३ जनालाई ठगेकोमा पक्राउ गरेको हो ।

कंडलेले रसुवा भोर्ले ८ का खेसम तामाङ सहितका दुई जनालाई दक्षिण अफ्रिका पठाउछु भन्दै, रसुवा राम्चे ७ का संगिता लामा सहचितका दुई जनालाई मौरिसस पठाउने भन्दै र कंचनपुर त्रिभुवनवस्ती ३ का लक्ष्मीप्रसाद बराल सहितका ७ जनालाई र काभ्रे महादेवस्थान ७ का सुमन सापकोटा सहितका २ जनालाई न्युजील्याण्ड पठाईदिन्छु भन्दै उनासी लाख तीस हजार रुपिया ठगेका थिए ।

कंडेलले रकम लिएकाहरुलाई नक्कली भिषा समेत लगाईदिएका थिए । प्रहरीले कंडेलसंग मिली अवैध ठगीको धन्दामा समेटिएका अन्यको पनि खोजी सुरु गरेको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया