Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

विना स्वीकृतिका पाठ्यपुस्तक हटाउन विभागको निर्देशन 

विहीबार, १३ जेठ २०७३

काठमाडौँ –निजी विद्यालयहरुले विना स्विकृती विद्यार्थीलाई ‘भिराएका’ पाठ्यपुस्तक हटाउन शिक्षा विभागले निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनले बल मिच्याई गर्दै विद्यार्थीलाई भिडाएका सबै किताब फिर्ता गर्न विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन लिएको छ । विना अनुमतिका र पी पब्लिकेशनका पाठ्यपुस्तक तत्काल हटाउन विभागले परिपत्र गरेको हो ।

यसअघि जिल्ला शिक्षा कार्यालयले समेत विना स्वीकृति नीजि विद्यालयमा पठनपाठन भइरहेका पाठ्यपुस्तक हटाउने निर्णय गरेको थियो ।  पछिल्लो समय रुपन्देहीमा अनुगमनका क्रममा उक्त प्रकाशनले प्याब्सन साइन्स नामको बिज्ञान बिषय र विना स्विकृती अन्य प्रकाशन गृहबाट प्रकाशित पाठ्यपुस्तक पठन पाठन गराएको फेला परेपछि यस्ता स्वीकृत नभएका पाठ्यपुस्तक तत्काल हटाउन शिक्षा विभागले परिपत्र गरेको हो ।

विभिन्न विद्यार्थी संगठनको दवाव पछि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले शुरु गरेको अनुगमनपछि पनि यस्तो निर्णय गरेको थियो । तर विभिन्न विद्यालयले अटेरी गर्दै पठनपाठन गर्न नछाडेपछि शिक्षा विभागले समेत परिपत्र गरेको हो ।

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट सूचीकृत भएका पाठ्यपुस्तक र थप पाठ्यसामग्री मात्रै अध्यापन गर्न पनि विभागले निर्देशन दिएको छ ।

यो पनि पढ्नुस 

मनपरी किताब बेच्ने निजी विद्यालयलाई ३ दिन भित्र कारवाहि

मनपरी किताब बेच्न नपाएको झोँकमा प्याब्सन, सरकारी निकायलाई धम्किपूर्ण पत्र

'चोरबाटो' पछ्याउँदै प्याब्सन

प्रकाशित मिति २०७३ जेठ १३ गते । 

प्रतिक्रिया