Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

‘असल विद्यार्थी बन्ने सूत्रहरु’

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । साहित्यकार महेश्वर खनालको बाल साहित्यमा आधारित पुस्तक ‘असल विद्यार्थी बन्ने सूत्रहरु’ लोकार्पण भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ९२ वर्षीय साहित्यकार वसन्तकुमार शम्र्मा नेपाल, बिमा समितिका पूर्वअध्यक्ष माधवप्रसाद उपाध्यायलगायतले कृति लोकार्पण गरेका हुन् । 

पुस्तकमा दश जोड दुईसम्मका विद्यार्थीलाई उपयोगी जीवन जिउने तनाव कम गर्ने उपाय आदि छन् । यसअघि साहित्यकार खनालका ‘गीतासार’ लगायत धेरै पाठ्यपुस्तक प्रकाशनमा आएका छन् । 

सो अवसरमा साहित्यकार नेपालले देशको विभिन्न परिस्थतिवश अशान्त वातावरणमा हुर्किएका बालबालिकाका लागि पुस्तक उपयोगी हुने बताए ।

रासस 

 

प्रतिक्रिया