Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थी सङ्गठनद्वारा शिक्षामन्त्रीलाई ज्ञापनपत्र

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । संयुक्त विद्यार्थी सङ्गठनले शिक्षा ऐनविपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाहीको माग गर्दै शिक्षामन्त्री गिरिराजमणि समक्ष बिहीबार ज्ञापनपत्र बुझाएका छन् । 

नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (पाचौँ) मधेसी विद्यार्थी फ्रन्ट लगायत १४ विद्यार्थी सङ्गठनका विद्यार्थी नेता आज मन्त्रालय पुगी बढी शुल्क लिएको विद्यालयलाई कारबाहीका लागि माग गरेका हुन् । 

नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले निजी विद्यालय र शिक्षा मन्त्रालय मातहतका निकायको मिलेमतोमा मनपरी शुल्क लिएको भन्दै तिनलाई तत्काल कारबाही गर्न मन्त्री समक्ष माग गरिएको बताउनुभयो । उहाँले विद्यार्थी अनुगमनका क्रममा शिक्षा निर्देशिका विपरीत शुल्क लिएको भन्दै ध्यानकर्षण गराएको बताए ।

युलियन्स, रातो बङ्गला, डिएभी, बृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, सेभ, अक्सिडेन्टल, लिटिल एन्जल्स, जेम्स, मातृभूमि, राजश्री गुरुकुल लगायत निजी विद्यालयमा शिक्षा निर्देशिकाभन्दा बढी रकम लिएको विद्यार्थी नेताले बताएका छन् । विद्यार्थी नेताले शिक्षा क्षेत्रलाई मर्यादित र सम्मानित क्षेत्र बनाउन आफूहरु आन्दोलनमा उत्रनुपरेको बताएका छन् । 

शिक्षामन्त्री पोखरेलले नियमविपरीत शुल्क लिएका विद्यालयलाई छिटो कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मन्त्रालयमा चाँडो बैठक राखेर यसबारे निर्णय लिन्छु ।” 

उनले नाकाबन्दीका कारण समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन नसकेको स्वीकार गर्दै चाँडो पु¥याउने तयारी भएको बताए  । रासस 

 

प्रतिक्रिया