Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मावि स्थायी शिक्षकको थप नतिजा सार्वजनिक, नतिजाको लिँक सहित

शनिबार, १९ भदौ २०७२

भक्तपुर १९ भदौ / शिक्षक सेवा आयोगले मध्य पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय बाहेक माध्यामिक तहको स्थायी शिक्षकको सम्पूर्ण विषयमा लिखित नतिजा सार्वजनिक गरेको छ ।

शनिवार भएको नतिजा अनुसार लिखित परीक्षा अन्तर्गत गणित र विज्ञान तथा पूर्वाञ्चल क्षेत्रको महिला समूहको स्वास्थ्य शारीरिक, मध्यमाञ्चल क्षेत्र वाहेक अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् ।

बाँकी रहेको मध्य पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा आईतबार सार्वजनिक गर्ने गरी काम भईरहेको आयोगले जनाएको छ ।
माविको काम सके पछि निमाविको नतिजा सार्वजनिक गर्ने प्रकृया शुरु गर्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले गत बुधबार देखि नतिजा प्रकाशनको प्रकृया शुरु गरेको थियो । पहिलो दिन स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिक, संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा, भाषा र  नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरेको थियो ।

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

यसैगरी विहीबार माध्यामिक तर्फ पाँचै विकास क्षेत्रको सामाजिक तथा मध्यमाञ्चलको नेपाली अँगे्रजी र अर्थशास्त्र तर्फको नतिजा सार्वजनिक गरेको थियो ।

स्थायी शिक्षकको माध्यामिक तर्फ बाँकी विषयको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

प्रतिक्रिया