Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

हिसानको अध्यक्षमा रमेश सिलवाल निर्विरोध निर्वाचित

शनिबार, ०१ जेठ २०७३

काठमाडौ – राजधानीमा बिहीबार र शुक्रबार भएको  उच्च माध्यमिक विद्यालय संघ (हिसान) को सातौं महाधिवेशनबाट रमेश सिलवाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि अध्यक्षमा माधव बराल र सिलवालको नाम चर्चामा रहेपनि अन्तिममा आएर बरालले आफ्नो नाम फिर्ता लिएका थिए । 

गोल्डेन गेट कलेजका प्रमुख समेत रहेका सिलवालको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो । बरिष्ठ उपाध्यक्षमा हिमालयन हवाइट हाउस कलेजका प्रमुख युवराज शर्मा चुनिएका छन् । उपाध्यक्षहरुमा स्वागत श्रेष्ठ, विनोद साह, धरनिधर अधिकारी, मनिष सिंह, शेरबहादुर गुरुङ छन् । महासचिवमा लोक बहादुर भण्डारी निर्वाचित भएका छन् । 

यस्तै सचिवमा हरी लामिछाने, कपिल रेग्मी, राजेन्द्र अधिकारी, रामहरी सिलवाल, दिपेन्द्र भण्डारी, दिपक खनाल छन् ।  सदस्यहरुमा तिर्थ पोखरेल, दिपक राउत, प्रेमबहादुर भट्टराई, बाबु शाहेब यादव, विद्यामान राजभण्डारी, रामबहादुर अधिकारी, केआर राई, धिरज शर्मा, लालबाबु यादव, बाशुदेव पोखरेल, जयबहादुर श्रेष्ठ, चन्द्र थापा, राधादेवी श्रेष्ठ, लोकनाथ उपाध्याय, बिष्णु खनाल र यमप्रसाद शर्मा छन् । 

निर्वाचित भएपछि अध्यक्ष सिलवालले नयाँ सोच र कार्यक्रमले हिसानलाई अगाडी बढाउने बताए । ‘अब हिसानलाई नयाँ ढंगले अगाडी बढाउछुँ’ सिलवालले भने ‘हिजोका दिनमा जे जस्तो भयो । अब सबैलाई मिलाएर उच्च माविहरुलाई अगाडी बढाउछुँ ।

हिसानमा यसअघि लामो समयसम्म उमेश श्रेष्ठ अध्यक्ष थिए ।

प्रकाशित मिति २०७३ जेठ २ गते ।

 

प्रतिक्रिया