Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थी फ्रन्टको महाधिवेसन कलैयामा

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३१ बैशाख । तरार्इ मधेस लोकतान्त्रिक पार्टी निकटस्थ विद्यार्थी फ्रन्टको प्रथम केन्द्रीय महाधिवेसन विहीवार कलैयामा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेसनमा तर्राईका २२ र उपत्यकाका तीन जिल्ला गरी पाँच सय प्रतिनिधि सहभागी छन् ।

महाधिवेसनमा विधान संसोधन, आर्थिक र राजनीतिक प्रतिवेदन प्रस्तुत भई अगामी रणनीतिकाबारे तय गरिने महासचिव मनिष मिश्रले बताए । 

महाधिवेनमा पार्टी महामन्त्रीद्वय गोविन्द चौधरी र जितेन्द्र सोनल, नेता बृजेश गुप्तालगायतले उद्घाटन सत्रमा महाधिवेसनको सफलताको शुभकामना दिए । महाधिवेसनबाट अगामी तीन बर्षका लागि नेतृत्व चयन हुनेछ । विहिवार रातीदेखि बन्द सत्रमा संगठनबारे छलफल सुरु भएको छ ।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया