Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शिक्षकलाई नै कम्प्युटर तालिम !

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३१ वैशाख । सूचना सञ्चार प्रविधिसम्बन्धी सात दिने कम्प्युटर तालिम सप्तरीको राजविराजमा सुरु भएको छ ।  विद्यालयमा तथ्याङ्क दुरुस्त राख्नका लागि सप्तरीका शिक्षकहरुका लागि तालिम दिन लागिएको हो । 

सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला शिक्षा कार्यालय सप्तरीले आयोजना गरेको कम्प्युटरसम्बन्धी आधारभूत तालिममा जिल्लाभरिका १० वटा स्रोत केन्द्रबाट पाँच–पाँचजना शिक्षकलाई तालिममा सहभागी गराएको शिक्षा कार्यालयका शाखा अधिकृत भोगेन्द्र यादवले बताए ।  

निमित्त प्रमुख जिल्ला अधिकारी शङ्करराज लुइँटेलको अध्यक्षतामा तालिम सुरु भएको आयोजक समितिले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया