Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

यसकारण ए लेभल

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३० बैशाख । एसएलसी नतिजाको पर्खाइमा रहेका सुमन अधिकारी परीक्षा सकिएपछिको समयमा के गर्ने भनेर राजधानीका थुप्रै परामर्श दातृ संस्थाहरूमा धाए । सँगै एसएलसी दिएका साथीहरूमध्ये केही विज्ञान विषयको ब्रिजकोर्समा भर्ना भए, कोही भने व्यवस्थापन विषयको ब्रिजकोर्स गर्नतिर लागे । सुमन भने एसएलसीपछि ए लेभलमा भर्ना हुने योजनाका साथ अल्फाबिटा इन्स्टिच्युटमा सञ्चालन भइरहेको ए लेभल तयारी कक्षामा भर्ना भए ।  

एसएलसी परीक्षापछि फुर्सद हुने करिब तीन महिनाको समयमा उनले ब्रिजकोर्स तयारी कक्षामा पढ्ने योजना बनाएका छन् । नतिजा आएपछि राजधानीका कुनै एक कलेजमा भर्ना हुने उनको योजना छ । एसएलसीमा ८० प्रतिशतभन्दा माथि अंक ल्याउनेमा ढुक्क रहेका अधिकारी भन्छन्, ‘नेपालमा दस जोड दुई उत्तीर्ण भएपछि बाँकी शिक्षाको लागि विदेश जाने मेरो चाहना छ । ए लेभल पढ्यो भने अमेरिका, अस्ट्रेलिया, बेलायत तथा युरोपियन मुलुकका विश्वविद्यालयले सहजै रूपमा भर्ना लिन्छन् भन्ने सुनेर यस विषय पढ्नतिर लागेको हुँ ।' 

अधिकारीले भनेजस्तै अहिले ए लेभलमा धेरै विद्यार्थी आकर्षित हुनुको कारणहरूमध्येको एक हो, वैदेशिक शिक्षामा सहज रूपमा प्रवेश गर्न पाउने अवसर । बेलायतको विश्वविख्यात क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रम अनुसार पढाइ हुने भएकोले यस विषयप्रति धेरैको आकर्षण छ ।  

नयाँ आयाम मल्टी डिसिपिलिनरी इन्स्टिच्युट ९नामी० का प्रमुख कार्यकारी अधिकृत योगराज शर्मा कँडेल भन्छन्, ‘ए लेभलको नराम्रो पक्ष केही पनि छैन । विद्यार्थीको आवश्यकता, रुचि र क्षमताअनुसार पढाइ हुनु यसको एउटा सकारात्मक पक्ष हो भने थप अध्ययनका लागि वैदेशिक शिक्षामा जान अन्य विषयमा जस्तो झन्झट बेहोर्न नपर्नु यसको अर्को सकारात्मक पक्ष हो ।' 

ए लेभलकै लागि बूढानीलकण्ठ स्कुलमा प्रवेश परीक्षा दिएका शैलेश श्रेष्ठ भन्छन्, ‘राम्रोसँग पढ्न सक्यो भने कुनै पनि विषय नराम्रो छैन । तर मैले मेरा वरिष्ठ दाइदिदीहरूसँग परामर्श गर्दा यसमा मान र सान दुवै देखेँ, त्यसैले यही विषय पढ्ने निधो गरेको हुँ । तर यसमा पनि मेहनत नगरी सजिलै उत्तीर्ण भइन्छ भन्ने मानसिकता सबैले त्याग्नुपर्दछ ।' 

त्यसबाहेक नेपालमै उच्च शिक्षा अध्ययनका लागि पनि ए लेभल सहज माध्यम बनेको छ । ए लेभलको समाप्तिपछि मुलुकभित्रकै विश्वविद्यालय तथा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकि लगायतका विषय पढेका थुप्रै विद्यार्थीहरूले विषयअनुसार सफलता हासिल गरिरहेका छन् । ए लेभलको पढाइ सकिएपछि स्नातक तह अन्तर्गत बीए अध्ययनरत रेजन राई भन्छन्, ‘ए लेभलको पढाइ भनेका विदेश जाने ढोका मात्र होइन । मलाई विदेश जान मन लागेन र अरू विषय पढ्न पनि मन लागेन, त्यसैले मानविकीतर्फ लागेँ ।ु स्नातक तहमा सोसियल वर्क विषय पढिरहेका राई भविष्यमा सामाजिक क्षेत्रमा लागेर समाज र मुलुक विकासमा लाग्ने योजना बनाएका छन् । 

नेपालमा औपचारिक रूपमा ए लेभलको पढाइ सुरु भएको तीन दशक पूरा भइसकेको छ । राजधानीकै बूढानीलकण्ठ स्कुलले सन् १९८६ बाट औपचारिक रूपमा पहिलोपटक यसको पढाइ सुरु गरेको थियो । बेलायतमा रहेको क्याम्ब्रिज विश्वविद्यालयसँगको सम्बन्धमा सञ्चालित दस जोड दुई सरहको यो तहको पढाइ विश्वका एक सय ७० मुलुकमा मान्यता दिइन्छ । 

यस तहको पढाइ सकेपछि विद्यार्थीहरू यसका पढाइ हुने विश्वका जुन मुलुकमा गए पनि स्नातक तहमा भर्ना हुन पाउँछन् । विश्वव्यापी मान्यता प्राप्त शिक्षा भएकोले वर्षैपिच्छे यसको लोकप्रियता बढिरहेको कलेज सञ्चालकहरू बताउँछन् । 

नेपालमा ए लेभलको पढाइ सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरूको छाता एउटा साझा संस्था क्याम्ब्रिज एजुकेसन एसोसियसन अफ नेपाल ९सीएन० का अनुसार नेपालमा अहिले नेपालका दर्जनभन्दा बढी शैक्षिक संस्थाहरूले सञ्चालन गरिरहेका छन् । तीमध्ये पोखरामा तीन तथा विराटनगरमा एकवटा शैक्षिक संस्था सञ्चालनमा छन् । बाँकी सबै काठमाडौंमा केन्द्रित छन् । शिक्षा मन्त्रालयका अनुसार दर्जनभन्दा बढी संस्थाले पढाइ सञ्चालनको अनुमतिका लागि निवेदन दिएका छन् । 

सियनका अनुसार सञ्चालनमा आएका संस्थाहरूले प्रत्येक वर्ष शिक्षा मन्त्रालयमा अघिल्लो वर्ष आफूले पढाएको विद्यार्थी संख्याको आधारमा प्रतिविद्यार्थी विभिन्न शीर्षकमा एक हजार पाँच सय रुपैयाँको हाराहारीमा शुल्क तिरेर संस्थाको नविकरण गर्नुपर्ने व्यवस्था छ । 

‘विद्यार्थीमा अहिले पनि ए लेभलप्रतिको आकर्षण घटेको छैन, तर कस्ता शैक्षिक संस्थालाई ए लेभलको पठनपाठन सञ्चालनको अनुमति दिने र कस्तालाई नदिने भन्ने विषयको अन्योलताले समस्या थपिदिएको छु, चेल्सी एकेडेमीका प्राचार्य सुधीरकुमार झा भन्छन् । नेपालमा अहिले पनि वार्षिक एक हजार पाँच सयको हाराहारीमा विद्यार्थीहरू ए लेभल अध्ययनको लागि भर्ना हुन्छन् । 

‘नेपालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट मान्यता प्राप्त शैक्षिक संस्थामा दश जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले स्नातक तहमा विदेश जानुपर्‌यो भने आवश्यक कागजात जुटाउन निकै झन्झट बेहोर्नुपर्छ । तर यो विषय पढ्नेले त्यस्तो झन्झट बेहोर्नुपर्दैनु, जेभिएर इन्टरनेसनल एकेडेमीका कार्यकारी निर्देशक लोकबहादुर भण्डारी भन्छन् । तर विदेश पढ्न जानेको लागि मात्र ए लेभल आकर्षक रहेको भनाइ भने गलत रहेको भण्डारी बताउँछन् । ‘नेपालमा नै इन्जिनियरिङ, व्यवस्थापनलगायतका विषयमा स्नातक पढ्ने धेरै विद्यार्थी ए लेभल पढेर आएका छन्ु उनी भन्छन् । 

यो तह पढ्ने विद्यार्थीको लागि पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्बन्धी सबै काम क्याम्ब्रिज विश्वविद्यालयले गर्छ । नेपालमा यसको सम्बन्धन बिट्रिस काउन्सिलको सिफारिसमा शिक्षा मन्त्रालयले दिने गर्छ । तर सम्बन्धन दिए पनि विद्यालयमा रहेको भौतिक संरचनाको विषयमा भने गहिराइमा अध्ययन नहुँदा गोलमाल भएको सियनका पूर्वअध्यक्ष तथा चेल्सी इन्टरनेसनल एकेडेमीका प्राचार्य झाको भनाइ छ । 

विद्यार्थीमा ए लेभलको लोकप्रियता बढ्दै गए पनि दुई वर्षसम्म अध्ययन गर्ने विद्यार्थीले कति शुल्क तिर्ने भन्ने विषयमा भने कुनै मापदण्ड छैन । ‘भौतिक पूर्वाधार र शिक्षक कर्मचारीको गुणस्तरको विषयमा पनि राम्रो अनुगमन हुनुपर्छ । यति गर्न सकियो भने मात्र ए लेभलको आकर्षणलाई कायम राख्न सकिन्छु कलेज सञ्चालकहरूको भनाइ छ । 

कलेज सञ्चालकहरूका अनुसार ए लेभल पढ्ने कलेजहरूले विद्यार्थीसँग अहिले मासिक १० हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेका छन् । विद्यालयहरूले आफ्नो भौतिक सुविधाको आधारमा शुल्क तोक्ने गरका छन् । कुनै पनि निकायबाट शुल्कको बारेमा स्पष्ट मापदण्ड नबनेका कारण आफूहरूले दिएको सुविधाको आधारमा शुल्क निर्धारण हुँदै आएको कलेज सञ्चालकहरूको भनाइ छ । 

ए लेभलमा कुन कुन विषय पढ्ने रु विश्वभरका एक सय ७० मुलुकमा पढाइ हुने ए लेभलको पढाइमा मुलुकअनुसार विषय पनि फरकफरक हुन्छ । नेपालमा पनि विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार मानविकी, विज्ञान तथा व्यवस्थापनमा फरकफरक विषय पढ्न सक्छन् । नेपाली कलेजहरूले जनरल पेपरअन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् । त्यसबाहेक विज्ञानसमूह अन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा म्याथमेटिक्स विषय अध्ययन गर्न सक्छन् । 

विद्यार्थीले न्यूनतम तीन तथा त्यसभन्दा माथि जति विषय पढ्न सक्छन् । त्यस्तै व्यवस्थापन समूहअन्तर्गत एकाउन्टेन्सी, बिजनेस स्टडी, इकोनोमिक्स, म्याथमेटिक्स, कम्प्युटरलगायतका विषय पढ्न पाउँछन् । मानविकी समूहमा पनि म्याथमेटिक्स, साइक्लोजी, सोसियोलोजी, लिवेरल आर्टसलगायतका विषय पढ्न सक्छन् । 

कानुनी अन्योल 

प्रक्रियामा रहेको शिक्षा ऐन आठौं संशोधनसम्बन्धी विधेयक पारित भयो भने अहिले सञ्चालनमा रहेको ए ९एड्भान्स० लेभलको शिक्षा सबैभन्दा बढी संकटमा पर्नेछ । किनकि ऐन संशोधनसम्बन्धी विधेयकले कक्षा एकदेखि आठसम्मलाई आधारभूत र नौ देखि १२ लाई माध्यमिक शिक्षाको रूपमा परिभाषित गरेको छ । 

अहिले कक्षा ११ र १२९दसजोड दुई० सँग समकक्षता निर्धारण गरिएको ए लेभललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ऐन संशोधनसम्बन्धी विधेयकमा केही पनि उल्लेख गरिएको छैन । संसद्को शिक्षा उपसमितिका संयोजक तथा एमाले सभासद् प्राध्यापक डा। गणेशमान गुरुङ विधेयकमा ए लेभलको विषयम केही पनि उल्लेख नगरिएको बताउँछन् । 

ऐन संशोधन भएपछि मन्त्रालय तथा सरोकारवालाबीच छलफल गरेर ए लेभललाई कसरी परिभाषित गर्ने भन्नेमा निर्णय गर्न सकिने गुरुङको भनाइ छ । ऐन संशोधनसम्बन्धी विधेयक मन्त्रिपरिषदबाट समेत पारित भएर संसदीय समितिमा छलफलकै क्रममा छ ।  

ऐनको मस्यौदाअनुसार कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका उच्च माध्यमिक विद्यालयले कि त एक कक्षादेखि १२ कक्षासम्म नै पढाइ सञ्चालन गर्नुपर्ने हुन्छ । कि ११ र १२ को पढाइ बन्द गर्नुपर्ने हुन्छ । शिक्षा मन्त्रालयका अनुसार ११र १२ सरहको मान्यता दिइएको हुनाले ए लेभलको समस्यालाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भइरहेको छ 

अनुगमनमा कमी 

ए लेभलप्रति विद्यार्थीको आकर्षण बढ्दै गए पनि यसमा अनुगमनको पाटो भने अत्यन्तै फितलो छ । कस्ता संस्थालाई सञ्चालनको अनुमति दिने रु कुन सहरमा ए लेभल पढाउने संस्था कति आवश्यक छ रु भन्ने विषयमा कुनै अध्ययन भएको छैन । मन्त्रालयमा अनुमति माग्न जाने संस्थाले सजिलै सञ्चालनको अनुमति पाइरहेका छन् । 

हाम्रो उद्देश्य नयाँ संस्थालाई अनुमति दिनु हुँदैन भन्ने होइन, तर पूर्वाधार पुगेका संस्थालाई मात्र सञ्चालन अनुमति दिनुपर्छ, हाल सञ्चालनमा रहेका भौतिक पूर्वाधार नपुगेका संस्थालाई पनि अनुगमनको दायरामा ल्याउनुपर्छ । यसले समग्र ए लेभलको पढाइको स्तर उकास्नमा मद्दत पुर्‌याउँदछ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया