Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

प्रधानमन्त्रीले सोधे ‘सामुदायिक र निजी विद्यालयको आवश्यकता के हो ?’

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मुलुकमा सञ्चालित सरकारी र नीजि विद्यालयबीचमा अन्योलता बढेको बताएका छन् ।  बिहीबार उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को सातौ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

‘सामुदायिक वा निजी दुवै विद्यालयको आवश्यकता के हो’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने ‘अहिले यो अन्योल छ, शिक्षा प्राप्त गर्नु मानिसको मौलिक हक भएपनि यसलाई प्राप्ति गर्न किन यो अन्योल हो ।’ 

अहिले अन्योलको अवस्था भएपनि अन्योलका पछि लाग्नुभन्दा पनि दुबै संस्थालाई शिक्षालाई हकका रुपमा लगिने उनले बताए ।   ‘सरकारी या नीजि दुबैलाई हकका रुपमा लगिनेछ’ प्रधानमन्त्री ओलीले भने ‘यसो गर्दा कोही पनि अप्ठ्यारोमा पर्दैन । जो जहाँ छ, त्यहाँबाट देश विकासका लागि लाग्नुछ ।”  

मुलुकमा शिक्षाको विकास पछाडी परेको भन्दै प्राविधिक र व्यवसायिक शिक्षातर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए । यसका लागी सरकारले सहयोग गर्ने पनि उनले दाबी गरे ।  सैद्धान्तिक शिक्षाले गर्दा जनशक्ति विदेशिनुपरकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति तयार गर्नुपर्ने बताए ।  

विद्यार्थीको क्षमता अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले यसका लागी अभिभावकले पनि आफ्ना छोराछोरीको रुचि बुझ्नुपर्ने आवश्यकता औल्याए । 

प्रकाशित मिति २०७३ बैशाख ३० गते । 

प्रतिक्रिया