Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

श्रममा लागेका बालबालिकालाई कस्तो शिक्षा ?

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३० वैशाख । विभिन्न कारणले शिक्षाबाट वञ्चित दाङका बालबालिकालाई अनौपचारिक शिक्षा दिन सुरु गरिएको छ ।  पढाइ छोडी विभिन्न श्रममा लागेका २१९ जना बालबालिकालाई अनौपचारिक कक्षा सञ्चालन गरी शिक्षा दिन सुरु गरेको दलित गैरसरकारी संस्था समन्वय समिति दाङका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।

उनका अनुसार आर्थिक, सामाजिक र पारिवारिक कारणले विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विभिन्न स्थानमा १२ वटा कक्षा सञ्चालन गरेको बताए ।  प्रत्येक कक्षामा १९ जनाको दरले पढाउँदै आएको र सो मध्ये २१ जना विद्यालयमा औपचारिक शिक्षा लिन चाहने बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरिदिएको बताएको छ ।  

दाङको तुलसीपुर लगायतका क्षेत्रमा रहेका दलित तथा विपन्न वर्गका बालबालिका आर्थिक, पारिवारिक तथा सामाजिक कारणले पढ्नबाट वञ्चित तथा बीचैमा पढाइ छोड्ने गरेको र उनीहरुलाई पुनः शिक्षा दिन यस्तो कक्षा सञ्चालन गरिएको तुलसीपुर नगरपालिकाले जनाएको छ । 

नगरपालिका र संस्थाको सहकार्यमा उनीहरुलाई शिक्षा दिन सुरु गरिएको कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताए ।  नगरपालिकालाई सन् २०१७ सम्म बालमैत्री नगरपालिका घोषणा गर्न यस्तो अभियान थालेको उनको भनाइ छ ।

रासस 

 

प्रतिक्रिया