काठमाडौँ, ३० वैशाख । दाङको सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई रोटरी क्लब अफ तुलसीपुर सिटीले शैक्षिक सामग्री वितरण गरेको छ । बालकल्याण प्रावि डाडापातु दाङमा अध्ययन गर्दै आएका दलित, जनजाति तथा विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
रोटरी क्लबले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन गर्दै आएका ९२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष ललित घर्तीले जानकारी दिएका छन् ।
उनीहरुलाई अध्ययनमा सहज होस् भनेर झोला, कापी, कलम लगायतका शैक्षिक सामगी वितरण गरिएको हो ।
रासस
प्रतिक्रिया