Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । 

त्यस्तै, २०७२ साल मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति र मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ । 

त्यसैगरी, २०७२ साल असोज र पुस महिनामा सञ्चालित विज्ञानतर्फ ९चारवर्ष०को बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिनेछ । 

रासस 

प्रकाशित मिति २०७३ बैशाख ३० गते ।

प्रतिक्रिया