Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

कृषि क्याम्पस सञ्चालन हुँदै

आइतबार, १० असोज २०७२

काठमाडौं १० असोज / म्याग्दीको बिममा रहेको किसानी प्राविधिक शिक्षालयलाई कृषि क्याम्पस सञ्चालनको स्वीकृति दिइएको छ ।  विसं २०६८ सालदेखि १५ महिने कृषि जेटिए विषयको अध्यापन गराउँदै आएको शिक्षालयको स्तर वृद्धि गरी कृषि क्याम्पस स्थापना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले अनुमति दिएको हो ।

तीनर्षे स्नातक तहमा बालीविज्ञान विषयको अध्यापन गराउन अनुमति पाइएको प्राविधिक शिक्षालयका संयोजक वेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति पाएसंगै शैक्षिक सत्र २०७२/०७३ का लागि पठनपाठन सुरु गर्नका लागि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तयारी भइहेको छ ।
गोरखापत्रका खबर छ ।

प्रतिक्रिया