Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

ट्याङ्करको ठक्करबाट शिक्षिकाको मृत्यु

शुक्रबार, २४ बैशाख २०७३

काठमाडौँ, २४ वैशाख । खानेपानीको ट्याङ्करले ठक्कर दिँदा गोकर्णेश्वर नगरपालिका–१४ दक्षिणढोकामा एक शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ ।  गोठाटारस्थित बाल राष्ट्रिय निमाविमा अध्यापन गराएर श्रीमान् गोपाल खनालले चलाएको बा३८प ६०८७ नंको स्कुटीको पछाडि बसेर घर जाँदै गर्दा ना ४ ख १००६ नंको ट्याङ्करले ठक्कर दिँदा ३७ वर्षीया विमला खनालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  

ट्याङ्कर र चालक श्यामबहादुर तामाङलाई वृत्त बौद्धमा राखिएको प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए ।  दक्षिणढोकामा खानेपानीका धेरै कारखाना भएकाले पानी लिन आउने ट्याङ्करले ठक्करबाट दुर्घटना हुने गरेको छ ।  ट्याङ्कर चालकको लापर्बाहीकाविरुद्ध स्थानीयवासीले विरोध जनाउँदै केही समय यातायात अवरुद्ध गरेका थिए । 

रासस 

 

प्रतिक्रिया