Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

१२ हजार विद्यालय पुननिर्माणका लागि टेण्डर

विहीबार, २३ बैशाख २०७३

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दा भुकम्पबाट ध्वस्त संरचनाको पुननिर्माणको अवस्थाका बारेमा पनि जानकारी गराएका छन् । अधिकाँश समय राजनितिक अस्थिरता र अन्योलताका बारेमा बोले पनि उनले त्यस क्रममा ८ लाख घरधुरीको पुननिर्माण अतिरिक्त विद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक पुरातात्विक स्थलहरुको जिर्णोद्धार तथा पुननिर्माणमा सरकार क्रियाशिल रहेको जानकारी गराए ।

त्यस क्रममा उनले सरकारले तत्काल १२ हजार विद्यालय भवनको पुननिर्माणका लागि टेण्डर आव्हान गरेको जानकारी गराए । सरकारले पुननिर्माण प्राधिकरण मार्फत पुननिर्माणको काम अघि बढाएको जानकारी गराएका छन् । त्यसका लागि प्रारिम्भक तहको कार्य तथ्यांक संकलनको काम करिब सम्पन्न भएको छ ।

१६ सय ईन्जिनियर नियुक्ती पश्चात गाउँ गाउँ खटाएको उनले जानकारी गराए । त्यस क्रममा उनले सार्वजनिक संरचना अन्र्तगत विद्यालय भवन निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए । उनले भने '९ हजार भनिए पनि निर्माण गर्नु पर्ने अवस्थाका १२ हजार विद्यालय भवन निर्माणका लागि टेण्डर भैसकेको छ ।'

पुर्ननिर्माणको कामको जिम्मेवारी प्राधिकरणको अध्यक्षको हैसियतमा जिम्मेवारी लिदैं उनले खर्च गर्न पनि निश्चित प्रक्रिया भएकाले प्रक्रिया पु¥याउँदा केही ढिलाई भएको स्वीकारे । भत्किएका विद्यालय भवनमा अध्ययन गर्नुपर्दाको विद्यार्थी  पीडालाई आत्मसात गरेर नै सरकारले तत्काल १२ हजार विद्यालय भवन निर्माणका लागि प्राथमिकता दिएको उनले स्पष्ट पारे । विद्यालय भवन संगै ३ सय भन्दा धेरै स्वास्थ्य संस्था निर्माणका लागि पनि सरकारले ध्यान दिएको प्रम ओलीले बताए ।

दातृ निकायको सहयोगमा विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माणको काम भएको उनको भनाई छ । तथ्यांक लिने काम सँगैं संरचनाको डिजाईनको काम भैरहेको जानकारी गराउदैं पुननिर्माणको कामले अब गति पाउने उनको दाबी छ ।

१ घण्टा ५२ मिनेट सम्बोधन गरेका प्रम ओलीले अधिकाँश समय सरकारको कामको प्रतिरक्षामा र विपक्षीको आरोपको खण्डनमा खर्चिएका थिए ।

प्रकाशित मिति २०७३ बैशाख २३ गते

प्रतिक्रिया