Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

विज्ञान तथा प्रविधि सम्बन्धिको कार्यशाला चल्दै 

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालय बिज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा टर्म पेपर , प्रोजेक्ट वर्क र सेमिनार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सुर्खेतमा शुरु भएको छ ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र  कुमार कोइरालाले  बुधबार उद्घाटन गरेको  कार्यशाला बिहीबारसम्म चल्ने विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए । 

कार्यशालामा उपकुलपति प्रा.डा. कोइरालाले अनुसन्धानमुलक शिक्षा बिना  सहि शिक्षा  प्रदान गर्न  नसकिने भन्दै  बिज्ञान  तथा प्रबिधि सङ्कायले  अनुसन्धानको प्रारम्भिक चरणका  रूपमा  रहेका  टर्म  पेपर, प्रोजेक्ट वर्क  र सेमिनार जस्ता क्षेत्रमा   शिक्षक  तथा विद्यार्थीहरूको  प्राज्ञिक  लेखन सम्बन्धी  सिप  तथा दक्षता विकास  गर्न कार्यशाला   सफल हुने विश्वास व्यक्त गरे । 

यसका  लागि विश्वविद्यालयले  सम्बन्धित  क्षेत्रका  बिज्ञहरूको  व्यवस्थापन  गरी बेला  मौकामा शिक्षक  तथा विद्यार्थीलाई  अभिमुखीकरण  गर्दै  जाने  र   शिक्षकहरू  आफु पनि  सक्रिय भएर  सिक्ने  र  विद्यार्थीहरूलाई पनि  सिकाउनु पर्नेमा जोड  दिए । 

यस्तै विश्वविद्यालय  सेवा  आयोगका  अध्यक्ष प्रा.डा. नवराज कणेलले विश्वमा अनुसन्धानबाट नै  नयाँ नयाँ ज्ञानको  विकास हुने  भएकोले यस क्षेत्रमा विश्वविद्यालयहरूबाटै  प्राज्ञिक बहसको  थालनी गरिनुपर्नेमा  जोड  दिदै  अनुसन्धानमुलक लेखनमा कार्यशाला  सफल  हुने  विश्वास  व्यक्त गरे । 

कार्यशालामा रजिष्ट्रार डा. महेन्द्र  कुमार मल्लले विश्वविद्यालयको प्राज्ञिक उन्नयन  र  अनुसन्धानका क्रियाकलापहरूको विकास गर्न कार्यशाला सफल हुने विश्वास व्यक्त गर्दै सरोकारवाला  शिक्षक  तथा विद्यार्थीहरूका  लागि  सम्बधित क्षेत्रका  बिज्ञ प्राज्ञिक  व्यक्तित्वहरूबाट  बढी भन्दा बढी  फाइदा  लिन  सबैलाई  आग्रह गरे । 

कार्यक्रममा विभिन्न विषयका विशेषज्ञहरुबाट संयोजक  प्रा. डा. लोकनारयण झाले  यस सङ्कायको पाठ्यक्रम निर्माणदेखिका सम्पूर्ण क्रियाकलापमा सहभागी भएको अनुभव  बताउदै  अनुसन्धानका प्रारम्भिक चरणहरूमा  सिप विकास गर्न फलदायी हुने  विश्वास व्यक्त गरे । 

विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. देब बहादुर खड्काको अध्यक्षतामा  भएको उक्त उद्घाटन कार्यक्रममा  मानविकी तथा सामाजिक शास्त्र  सङ्कायका डीन श्री खोपिराम लम्साल, विज्ञान तथा प्रविधि सङ्कायका  सहायक डीन पदमराज जोशी, उप प्राध्यापक धर्म पौडेल , विएसी सातौ सेमेस्टरका छात्र विशाल बिक्रम साउद आदिले  शुभकामना मन्तव्य राखेका थिए । 

प्रा. डा. लोकनारायण झा, प्रा.डा. मुकेश कुमार क्षेत्री, प्रा.डा. दिपक प्रसाद सुवेदी, प्रा.डा. कनैया  झा , डा. एस.के. कलौनी लगायतका बिषय बिज्ञहरूद्वारा सहजीकरण हुने उक्त कार्यशालामा विज्ञान तथा प्रविधि सङ्कायका  शिक्षक  तथा विद्यार्थीहरू सहभागी रहेका विश्वविद्यालयका सूचना अधिकारी खड्काले  जानकारी दिए । 

प्रकाशित मिति २०७३ बैशाख २३ गते ।  

 

प्रतिक्रिया