Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

नेविसंघबाहेकका विद्यार्थी संगठन आन्दोलनमा

मंगलबार, १२ असोज २०७२

काठमाडौं १२ असोज / नौवटा पार्टीनिकट विद्यार्थी संगठनहरू भारतको अघोषित नाकाबन्दीविरुद्ध आन्दोलनमा उत्रेका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाहेकका विद्यार्थी संगठन आन्दोलनमा उत्रेका हुन् । एमालेनिकट अनेरास्ववियु, तीनवटा अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु पाँचौँ, अनेरास्ववियु छैटौँ, नेक्राविसंघलगायत विद्यार्थी संगठन नाकाबन्दीविरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

सोमबार संयुक्त विद्यार्थी आन्दोलनले भारतीय दूतावसनजिकै लैनचौरमा एक घन्टा प्रदर्शन तथा कोणसभा गर्‍यो । अखिल क्रान्तिकारीका नेता मदन अर्यालले भारतको हस्तक्षेपविरुद्ध एक घन्टा प्रदर्शन गरेको बताए । कोणसभामा विद्यार्थीले नेपालको समस्या आफैँले समाधान गर्न नेपाल सरकारलाई आग्रह गरे । विद्यार्थीले भारतीय हस्तक्षेप बन्द गर्न माग गरेका थिए ।

दिउँसो साढे २ बजे अस्कल क्याम्पसबाट जुलुससहित गएका विद्यार्थीले दूतावासनजिकै कोणसभा गरेका हुन् । सोमबारको संयुक्त विद्यार्थी आन्दोलनमा नेविसंघ सहभागी भएन । नेविसंघका प्रवक्ता युपी लामिछानेले विद्यार्थीको संयुक्त बैठकमा प्राय: आफू जाने गरेको र नभ्याएका कारण नेविसंघको उपस्थिति नभएको बताए । ‘राष्ट्रियता र जनजीविका सहज बनाउने पक्षमा नेविसंघ लाग्छ,’ लामिछानेले भने । उनले आन्दोलनबाट पछि नहट्ने बताए । 

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया