Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यार्थीमैत्री बजेट ल्याउनुपर्ने विद्यार्थीको माग

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीमैत्री बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

सङ्गठनले विद्यार्थीलाई शैक्षिक योग्यताका आधारमा रोजगारीका लागि ऋणको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको बुधबार ध्यानाकर्षण गराएको हो । 

प्रवीणता प्रमाणपत्र उत्तीर्णलाई रु पाँच लाख, स्नातक तह उत्तीर्णलाई रु सात लाख र स्नातकोत्तर तह उत्तीर्णलाई रु दश लाख ऋण दिनुपर्ने माग गरिएको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष डा खतिवडाले विद्यार्थीलाई ऋण दिनका लागि सम्बन्धित विज्ञसँग छलफल गरी सोही अनुसारको मापदण्ड बनाइने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस 

 

प्रतिक्रिया