Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यालयलाई रकम हस्तान्तरण

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ, २३ वैशाख । भूकम्पपीडितको दुःख, पीडा झल्किएका गोरखाको लाप्राकको तस्बिर जापानमा प्रदर्शन गरी प्राप्त भएको रु ३० हजार लाप्राकको मणिकामदेवी माध्यामिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  

युझी इन्टरनेसनल फ्रेन्डसीप क्लब जापानमा प्रदर्शन गरेपछि जापानीले पठाएको नगद सहयोग लाप्राकका विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न आज प्रदान गरिएको फोटोग्राफर भरतकुमार श्रेष्ठले बताए । 

विद्यालयका प्रअ भविराज गुरुङलाई सो रकम प्रदान गरिएको हो ।  भूकम्पले भत्किएको उक्त विद्यालय गुप्सीपाखास्थित एक अस्थायी टहरोमा सञ्चालन भइरहेको छ ।  

रासस 

 

प्रतिक्रिया