Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

भारतीय नाकाबन्दीविरुद्ध विद्यार्थीको प्रदर्शन

मंगलबार, १२ असोज २०७२

काठमाडौं १२ असोज / भारतीय नाकाबन्दीको बिरोधमा मंगलबार विहान दाङका बिद्यार्थीहरुले सदरमुकाम घोराहीमा प्रदर्शन गरेका छन् । ‘भारतीय हस्तक्षेप बन्द गर’ भन्ने नारा लगाउँदै उनीहरुले घोराही बजार परिक्रमा गरेका थिए ।

निधारमा कालोपट्टी बाँधेका युवा बिद्यार्थीहरुले हस्तक्षेपप्रति सचेत पार्न सिट्ठी बजाउँदै प्रदर्शन गरेका थिए । भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरीत नाकाबन्दी गरेको भन्दै उनीहरुले तत्काल नाका खुला गर्न माग गरेका थिए ।

नेपालको संबिधान निर्माण गर्ने अधिकार नेपाली जनतालाई भएको उल्लेख गर्दै उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।

कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् । 

प्रतिक्रिया