Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

विद्यार्थी र शिक्षक संगठनबाटै विद्यालय बन्द !

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ – पक्राउ परेका आफ्ना विद्यार्थी कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) ले मंगलबार काठमाडौ उपत्यकाका विद्यालय बन्द गराएको छ । क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लाल बहादुर विसीले सयुँक्त विज्ञप्ती जारी गर्दै विद्यालय बन्द गराएका हुन् । 

केही दिन अगाडी काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतमलाई कालोमोसो दल्न पुगेका विप्ललनिकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेर नछाडेपछि रिहाईका लागी विद्यालय बन्द गरिएको हो । 

कार्यकर्ता रिहाईका लागी विद्यालय बन्द गरिदाँ विद्यार्थीहरु मारमा परेका छन् । धेरैजसो विद्यालय खुलेपनि केही विद्यालय भने मंगलबार खुलेनन् ।  सोमबार जिल्ला शिक्षा कार्यालय काठमाडौँमै कार्यकर्ता रिहाईको माग गर्दै धर्ना दिन बसेका केन्द्रीय सदस्य कलम बडुवाल, काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङ, सुमन तिम्सिना, रोजिना चौलागाईं र उषा किरणलाई पनि पक्राउ गरेपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले दाबी गरे । 

क्रान्तिकारीले शिक्षा सुधारका लागी लापरबाही गर्ने जिशिअलाई कालोमोसो दल्ने क्रम जारी राख्ने पनि चेतावनी दिएको छ ।  यसक्रममा मंगलबार सल्यानका जिशिअ बुर्खप्रसाद रजक लाई समेत  कालोमोसो दली कारबाही गरिएको अध्यक्ष सिंहले दाबी गरे । 

प्रकाशित मिति २०७३ बैशाख २१ गते ।  

 

प्रतिक्रिया