Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

कार्कीगाउँमा नयाँ केन्द्राध्यक्ष नियुक्त  

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ – सोमबारबाट शुरु भएको प्लस टुको परीक्षामा जाजरकोटको नारायणी उच्च मावि कार्कीगाउँमा नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको छ ।  सोमबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा आंशिकतर्फको प्रश्नपत्र बाडेर केन्द्राध्यक्ष गणेशबहादुर बस्नेतले बैशाख २९ गते हुने अनिवार्य अंग्रेजी विषयको परीक्षा नै जेठ १३ गते सार्ने बनाएपछि निलम्बित भएका थिए ।   

मंगलबार विहान बसेको जिल्ला समन्वय समितीको बैठकले नयाँ केन्द्राध्यक्षमा विद्यालयकै पूर्व प्रधानाध्यापक इलम बहादुर शाहीलाई नियुक्त गरेको हो ।  उच्च माध्यामिक शिक्षा परिषदको क्षेत्रीय कार्यालय कोहलपुरका शाखा अधिकृत देवराज राउतको उपस्थितीमा भएको बैठकले सहायक केन्द्राध्यक्षमा विद्यालयकै अर्का शिक्षक लक्ष्मी बहादुर थापा र पर्यवेक्षकमा त्रिभुवन उच्च मावि खलंगाकी शिक्षिका हेमा चन्दलाई नियुक्त गरेको हो ।  

यो पनि पढ्नुहोस 

कक्षा १२ को आंशिकतर्फ अंग्रेजीको परीक्षा स्थागित, केन्द्राध्यक्ष निलम्बित

प्रकाशित मिति २०७३ बैशाख २१ गते ।

प्रतिक्रिया