Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

सभासद्को विद्यालय नै अटेर !

मंगलबार, २७ माघ २०७१

ललितपुर २७ माघ / सभासद्को विद्यालयले समेत नीति नियम पालनामा अटेरी गरेको फेला परेको छ । सभासद् तेजुलाल चौधरी सञ्चालक रहेको कुपण्डोलको नाईटिङ्गेल ईङ्लिस बोर्डिङ् स्कुलले गत जेठमै जिल्ला शिक्षा कार्यालयमा बुझाउनु पर्ने बिवरण अहिले सम्म बुझाएको छैन ।

उक्त विद्यालयले शिक्षा विभागले तयार गर्ने फ्ल्यास रिपोर्टका लागि आवश्यक तथ्याङ्क नबुझाएको हो । जिल्लामा रहेका सबै विद्यालयको बिवरण जिल्ला शिक्षा कार्यालय मार्फत् संकलन गरेर विभागले फ्ल्यास रिपोर्ट तयार गर्छ । उक्त रिपोर्टमा विद्यार्थी सँख्या, उमेर, शिक्षक संख्या, भौतिक पूर्वाधार लगायत समाबेश गरिन्छ ।

चौधरी गत संविधान सभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष तर्फ जितेका नेपाली काँग्रेसका सभासद् हुन् । उनी सभासद् भएपनि अहिले सम्म उक्त बिद्यालयको प्रिन्सिपल कायम छन् ।

उनी व्यवस्थापिका संसद अन्र्तगत महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति अन्र्तगतको शिक्षा उप समितिका सदस्य समेत हुन् । यो घटनाले, देशकै नीति नयम बनाउने जिम्मेवारी लिएका सभासद्ले समेत सरकारी नियमको बेवास्ता गरेपछि कसरी नियम कार्यान्वयन हुन्छ ? भन्ने गम्भिर प्रश्न उब्जेको छ । सरकारी नीति नियम नमान्ने भनेर आलोचित हुँदै आएका निजी विद्यालयहरुको कृयाकलापमा यसले थप बल पुर्याएको छ । 

चौधरीले यसबारेमा आफूलाई जानकारी नै नभएको बताए । ‘शुल्क विवरण बुझाउने माघ भित्र हो अर्को बिवरणका बारेमा म बुझ्छु’ उनले भने ।
९६ विद्यालयले बुझाएनन् बिवरण

गत बर्षको फ्ल्यास रिपोर्ट अनुसार जिल्लामा २ सय ६७ निजी विद्यालय छन् । तर, चौधरीकको विद्यालय सहित ललितपुरका ९६ वटा विद्यालयले अहिले सम्म विवरण बुझाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले हरेक श्रोत केन्द्र अन्र्तगत निजी विद्यालयलाई अनुगमन गर्दै आएको छ । जस अनुसार जिल्लामा रहेका २० वटा श्रोत केन्द्रका ९६ वटा विद्यालयले बिवरण नबुझाएको कार्यालयले जनाएको छ । उपमहानगरपालिका भित्रका मात्रै ३९ वटा विद्यालयले तथ्याङ्क नबुझाएको जिल्ला शिक्षा कार्यालयसँग तथ्याङ्क छ ।
उपमहानरपालिका पछि सबै भन्दा धेरै बिवरण नबुझाउने विद्यालय ईमाडोल श्रोत केन्द्रका छन् । ईमाडोलका मात्रै १४, सिद्धिपुरका ८, संैबुका ५, लेले, लुभु, चापागाउँ, सुनाकोठि, ठेँचो र टिकाथलीका ३ – ३ विद्यालयले विवरण बुझाएका छैनन् । धापाखेल र हरीसिद्धिका २ –२ विद्यालयले विवरण बुझाएका छैनन् । बाँकी रहेका विष्णु नारायण, बुङ्मति, छम्पि, गोटिखेल, झरुवारासी, खोकना, शँखु, थैबका श्रोत केन्द्रका १–१ विद्यालयले विवरण बुझाएका छैनन् ।

बिवरण नबुझाउने विद्यालयहरुको सूचि



यतिका विद्यालयले विवरण नबुझाउँदा पनि जिल्ला शिक्षा कार्यालयले भने कुनै कारवाहि गरेको छैन ।

शुल्क बिवरणमा पनि उस्तै

निजी विद्यालयले लिने शुल्कको बिवरण बुझाउने म्याद सकिन २ दिन बाँकी रहँदा अहिले सम्म जम्मा ५० वटा विद्यालयले मात्रै बिवरण बुझाएको कार्यालयले जनाएको छ । ‘समय बाँकी नै छ अहिले नै बुझाएनन् भन्न चाँडो हुन्छ होला’ जिशिअ शिबकुमार सापकोटाले भने, ‘माघ मसान्तसम्म विवरण बुझाउने समय बाँकी नै छ हामी फागुनको १५ भित्रमा शुल्क तय गर्छौँ ।’

निजी विद्यालयले बर्ष भरी कति शुल्क लिने भन्ने कुरा अभिभावक  भेला गरेर विद्यालय ब्यवस्थापन समिति मार्फत् तय गर्नु पर्छ । समितिका कार्यालयको प्रतिनिधिका रुपमा विद्यालय निरिक्षक पदेन सदस्य हुन्छ । विनि सहितको उपस्थितीमा शुल्क तय गर्नु पर्ने नीयम छ ।

प्रतिक्रिया