Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

इस्टुमा नयाँ कार्यसमिती चयन, गौतमको निरन्तरता

सोमबार, २० बैशाख २०७३

काठमाडौँ, २० वैशाख । निजी विद्यालयमा कार्यरत शिक्षकको दुई सङ्गठनबीच एकता भई संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) बनेको छ ।  नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टुएन)बीच एकीकरण भएपछि इस्टु बनेको हो ।  

मुकुन्द गौतम अध्यक्षतामा इस्टुको ६१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । इस्टुको उपाध्यक्षमा हेमकुमार थापा र महासचिव भीम क्षेत्री रहेका छन् ।  यसैगरी सङ्घीय संरचनाअनुसार ७ उपाध्यक्ष राखिएको छ । दुई सङ्गठन एकीकरण गरिएकाले तीनवर्षे कार्यकाल रहने उक्त कार्यसमितिका अध्यक्षमा डेढ वर्ष गौतम र बाँकी डेढ वर्ष थापा रहने सहमति भएको बताइएको छ । 

वरिष्ठ उपाध्यक्ष थापाका अनुसार नयाँ कार्यसमितिमा एनइस्टुका २८ र इस्टुएनका २५ जना सदस्य रहेका छन् । २०६० सालमा स्थापित एनइस्टुपछि विभाजित भई दुईवटा बनेका थिए । 

रासस 

 

प्रतिक्रिया