Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

विद्यालयमा अंग्रेजी शिक्षण अभियान शुरु 

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ - नेपाल अँग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले निजि तथा सरकारी विद्यालयहरूमा अँग्रेजी भाषामा शिक्षण र अँग्रेजी भाषाको प्रयोगको  अवस्थालाई सुधार ल्याउन विशेष कार्यक्रम शुरु गरेको छ  । 

सबै विद्यालयका कक्षाकोठा र विद्यालय हाताभित्र अँग्रेजी मैत्री  वातवरण सिर्जना  गर्न  प्रधानाध्यापक  र  अँग्रेजी शिक्षकहरू लागि एक दिने  कार्यशाला शनिवार नेल्टा एक्सेस सेन्टरमा सम्पन्न गर्दै यस कार्यको थालनी गरेको हो । 

“शैक्षिक नेतृत्व र विद्यालयमा अँग्रेजी मैत्री वातावरण सिर्जना” विषयक एकदिने  कार्यशाला र “ नेल्टा इन स्कुलस क्याम्पियन” को उद्घाटन गर्दै मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक भक्त बहादुर खड्काले अँग्रेजी माध्यममा पढाई हुने भनिएका निजि विद्यालयहरूलाई साँचो अर्थमा अँग्रेजी माध्यममा पठनपाठनको  व्यवस्थापन गर्न नेल्टासँगको सहकार्य अति जरुरी हुनेमा  जोड दिए ।  

उनले ल्टा सुर्खेतले शैक्षिकसत्र सुरू हुनै लाग्दा थालनी गरेको  ‘स्कुल स्कुलमा नेल्टा’ अभियानले अँग्रेजीमैत्री वातावरण सिर्जना गर्दै अँग्रेजी भाषा शिक्षण र यसको प्रयोगको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।  

त्यसै गरी कार्यशालाको सहजीकरण गर्दै नेल्टा सुर्खेतका पुर्व अध्यक्ष एवम् उच्च शिक्षाको नेतृत्व नीति सम्बन्धमा अमेरिकाको  फ्लोरिडा विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका प्रशिक्षक उत्तम गौलीले निजि  तथा सरकारी विद्यालयहरूको  अँग्रेजी भाषा शिक्षण र प्रयोगको गुणस्तर सुधार गर्नका  लागि विद्यालय प्रशासन र अँग्रेजी शिक्षकहरूको संयुक्त पहलकदमीमा नेल्टा जस्ता संघ संस्थाहरूको  सहकार्यमा  नियमित  काम गर्नुपर्नेमा  जोड दिए ।  

नेल्टा सुर्खेतका अध्यक्ष बिष्णु कुमार खड्काले नयाँ शैक्षिकसत्र देखि नेल्टाले हरेक विद्यालयमा नेल्टा क्लबमार्फत आफ्ना गतिबिधिहरू संचालन गर्न लागेको बताउदै यसका लागि सबै विद्यालयका अँग्रेजी शिक्षकहरू नेल्टा सुर्खेतमा आबद्ध  हुनुपर्ने  बताए ।  उनले यसका लागी सम्बन्धित विद्यालयमा नेल्टाका गतिबिधिको नेतृत्व गर्ने गरी कार्यक्रम अगाडी बढाउने दाबि  समेत गरे । 

कार्यक्रममा अर्का सहजकर्ता मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक भक्त बहादुर खड्का, नेल्टाका पुर्व केन्द्रीय सदस्य समेत  रहेका नेल्टा सुर्खेतका सल्लाहकार एवम् सुर्खेत क्याम्पस (शिक्षा)का अँग्रेजी शिक्षाका उप प्राध्यापक लाल बहादुर राना त्यसैगरी  नेल्टाका पुर्व केन्द्रीय सदस्य समेत  रहेका नेल्टा सुर्खेतका सल्लाहकार एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अँग्रेजी शिक्षाका  उप प्राध्यापक बिमल नेपाली लगायतकाले अँग्रेजीमैत्री वातावरण सिर्जना गर्ने उपायहरूका सम्बन्धमा कार्यशालामा सहजीकरण गरेको नेल्टा सुर्खेतका तालिम संयोजक दिपेन्द्र खत्रीले बताएका थिए ।  

कार्यशालामा सुर्खेत जिल्ला स्थित निजि तथा सरकारी विद्यालयका ३० जना भन्दा  प्रधानाध्यापक  तथा अँग्रेजी शिक्षकहरू सहभागी भएको र नेल्टा इन स्कुल क्याम्पियन अबिलम्ब कार्वान्यन गर्ने प्रतिबद्धता जाहेर गरेको नेल्टा सुर्खेतका सचिव धनीराम शर्माले जानकारी दिए ।   

प्रतिक्रिया