Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

विश्वविद्यालयमा कानून पढाउन पहल शुरु 

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ –  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका  उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा पुनरावेदन अदालत बार सुर्खेतका पदाधिकारीहरुविच मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन संकाय संचालन गर्न पहल शुरु भएको छ । 

विश्वविद्यालयसंगै अन्य साझा सरोकारका सवालमा सहकार्य गर्दै अगाडी बढ्नका लागि शुक्रबार केन्द्रीय कार्यालयमा भएको बैठकमा पहल शुरु गर्ने निर्णय भएको हो । 

सुर्खेतस्थित पुनरावेदन अदालतले मध्यपश्चिमान्चल विश्वविद्यालयमा कानुन संकाय स्थापनाका लागि प्रारम्भिक अध्ययन गरि प्रतिवेदन पेस गर्ने र यसका लागि विश्वविद्यालयले सकारात्मक पहल गर्ने निर्णय गरेको विश्वविद्यालयका  सूचना अधिकारी  विष्णु कुमार खड्काले  जानकारी दिए । 

बैठकमा रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल, पुनरावेदन बारका अध्यक्ष विवश कुमार बस्नेत, सचिव उत्तम प्रसाद आचार्य, अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, भानुभक्त गौतम, प्रभा प्रसाद थानी लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति २०७३ बैशाख १९ गते । 

प्रतिक्रिया